२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

थाहा नगरस्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता शुरु

ADV
राजकुमार के.सी.
२०८१ भदौ १३ गते २२:०१
थाहा नगरस्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता शुरु

मकवानपुर : थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बिहीबारदेखि शुरु भएको प्रतियोतिताको पहिले दिन ४ वटा टिमले विजयी शुरुवात गरेका छन् । थाहा नगरपालिकाको क्याम्पाडाँडास्थित कबर्डहलमा भएको प्रतिस्पर्धामा रोशन गोपाली र घनश्याम श्रेष्ठ, नारायण बिष्ट र हरि बिष्ट, देव अर्याल र नरेन्द्र मोक्तान, इशाक केसी र नरेन्द्र लामाको टिमले विजयी शुरुवात गरेका हुन् ।

१३ टिमको सहभागिता रहेको प्रतियोगिताको बाँकी लिग चरणको ११ खेल शुक्रबार बिहान ७ बजेदेखि हुने कार्यक्रम संयोजक सुशान्त श्रेष्ठ (च्याङ)ले जानकारी दिए । शनिबार बिहान ७ बजेदेखि क्वाटरफाइनल खेल, दिउँसो ३ बजेदेखि सेमिफाइनल खेल र साँझ ५ बजे फाइनल खेल हुने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।

पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर बिष्ट थिए ।

प्रमुख अतिथि बिष्टले खेलकुद प्रतियोगिताले मानिसको शारीरिकसँगै मानसिक विकासमा सहयोग पुर्‍याउने बताए । युवाहरुलाई सामाजिक विकासमा जोड्ने महत्वपूर्ण माध्यम खेलकुद भएको प्रमुख बिष्टले बताए ।

थाहा नगर ब्याडमिन्टन संघ, फरक सोच र शिखर क्लबको समन्वयमा सञ्चालन भएको प्रतियोगितामा थाहा नगरपालिका वडा नं. ३ कोे सहयोग रहेको पालुङ जेसीज वर्ष २०२४ का कोषाध्यक्ष सञ्जय गोपालीले बताए ।

उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, प्रमुख प्रशाशकीय अधिकृत कृष्ण गिरी, पालुङ जेसीज पूर्वअध्यक्षहरु सुरेन्द्रमान प्रधान, ओमकर बिष्ट, कुमार नेगी, मनोज रायमाझी, जयराम खत्री, निवर्तमान अध्यक्ष संगम कार्की, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाललगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा पालुङ जेसीज वर्ष २०२४ का बोर्डका पदाधिकारी, कार्यक्रम संयोजकहरुको उपस्थिति रहेको थियो ।

पालुङ जेसीजको आयोजनामा पहिलो पटक थाहा नगरमा डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोे जेसीजका अध्यक्ष रायमाझीले जानकारी दिए । खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक बनाई समाजमा क्रियाशिल राखी समाजको समृद्धि र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको रायमाझीले बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि प्रथम नगद पुरस्कार पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले आफ्ना स्वर्गीय हजुरबुवा रणबहादुर रायमाझीको स्मृतिमा प्रायोजन गर्ने भएका छन् । त्यस्तै दोस्रो नगद पुरस्कार मकवानपुरगढी जेसीजका अध्यक्ष विजय पुडासैनी तथा उत्कृष्ट खेलाडी नगद पुरस्कार सिमारा जेसीजका लक्की रिमालले प्रायोजन गर्ने भएका छन् ।

प्रथम हुने टिमलाई ट्रफी र मेडल पालुङ जेसीज बर्ष २०२४ का महासचिव विक्रम गोपाली, दोस्रो हुने टिमलाई ट्रफी र मेडल कोषाध्यक्ष सञ्जय गोपाली तथा उत्कृष्ट खेलाडीलाई ट्रफी मिडिया संयोजक श्रीकृष्ण श्रेष्ठले प्रायोजन गर्ने छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise