२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

थाहा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता : समूह चरणका खेल सम्पन्न

ADV
राजकुमार के.सी.
२०८१ भदौ १४ गते २१:४४
थाहा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता : समूह चरणका खेल सम्पन्न

मकवानपुर : थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको समूह चरणको प्रतियोगिता सकिएको छ । प्रतियोगिताको दोस्रो चरणअन्तर्गतको क्वाटरफाइनल चरणमा ८ टिम पुगेका छन् ।

भदौ १३ गते बिहीबारदेखि शुरु भएको प्रतियोतिताको शुक्रबार साँझ पहिलो चरणको प्रतियोगिता सकिएको हो । प्रतियोगिताको समूह चरणअन्तर्गत समूह ए बाट रामचन्द्र कार्की र बिमल बिष्ट, समूह बी बाट संग्राम खत्री र मधुसुदन चौधरी, समूह सी बाट देब अर्याल र नरेन्द्र मोक्तान, समूह डी बाट सुवास थापा र समराज पाख्रीनको टिम समूह विजेता भइ दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

त्यस्तै समूह ए बाट रोशन गोपाली र घनश्याम श्रेष्ठ, समूह बी बाट नारायण बिष्ट र हरि बिष्ट, समूह सी बाट कविन्द्र ओड र प्रकाश चौधरी, समूह डी बाट इशाक केसी र नरेन्द्र लामाको टिम समूह उपबिजेता भइ दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

शनिबार बिहानदेखि दोस्रो चरण अन्तर्गत क्वाटरफाइनल चरणको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक सुशान्त श्रेष्ठ (च्याङ)ले जानकारी दिए ।

कार्यक्रम संयोजक श्रेष्ठका अनुसार शनिबार बिहान ७ बजेदेखि दोस्रो चरणको प्रतियोगिता हुनेछ । दोस्रो चरणमा समूह ए को विजेता र समूह सी को उपबिजेताबीच पहिलो खेल हुनेछ । त्यस्तै समूह बी को बिजेता र समूह डी को उपबिजेताबीच दोस्रो, समूह सी को विजेता र समूह ए को उपविजेताबीच तेस्रो र समूह डी को विजेता र समूह बी को उपविजेताबीच चौथो खेल हुनेछ ।

त्यस्तै शनिबार दिउँसो २ बजे सेमिफाइनल र ४ बजे फाइनल खेल हुने पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए ।

प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । थाहा नगर ब्याडमिन्टन संघ, फरक सोच र शिखर क्लवको समन्वयमा सञ्चालन भएको प्रतियोगितामा थाहा नगरपालिका वडा नं. ३ कोे कार्यालयले सहयोग गरेको पालुङ जेसीज वर्ष २०२४ का कोषाध्यक्ष सञ्जय गोपालीले बताए ।

प्रतियोगितामा प्रथम र दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise