२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जुम्लाको पातारासी–५ बालमैत्री स्थानीय शासन वडा घोषणा

ADV
दिलमाया शाही
२०८१ भदौ १४ गते २१:४७
जुम्लाको पातारासी–५ बालमैत्री स्थानीय शासन वडा घोषणा

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकाको–५ वडा बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । ‘बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यविधि–२०७९’ले निदृष्ट गरेका ५१ वटा सूचकमध्ये ८८ प्रतिशत पूरा  गरेको भन्दै उक्त वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो ।

पातारासीको ५ वडालाई शुक्रबार औपचारिक कार्यक्रमकाबीच बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । उनले बालबालिकाका क्षेत्रमा पातारासीले गरेको काम महत्वपूर्ण रहेको बताए । उनले घोषणापछि स्थानीय सरकारले प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरे । 

त्यस्तै पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह पातारासी गाउँपालिकाले पहिलो वडाका रुपमा–५ वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको बताए । उनका अनुसार पातारासीको स्थानीय सरकार बालबालिकाको विकासतर्फ लागि परेको छ । उनले भने,’पातारासीका बालबालिकाहरुको स्वास्थ्य, शिक्षामातर्फ पनि प्राथामिकता दिइएको छ । उनका अनुसार किर्डाक नेपालको समन्वय सहकार्यमा पातारासीमा बालबालिकाका सवाललाई कार्यान्वयन गर्नतर्फ लागेका छौं ।’

त्यस्तै  जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बालबालिकाको क्षेत्रमा लगानी गर्न  आवश्यक रहेको बताए । उनले राज्यले नै बालबालिकाका हक अधिकारलाई विशेष रुपमा रहेरेको छ । उनले सरकारको लक्ष्यलाई सफल बनाउन बालमैत्री स्थानीय शासन वडादेखि पालिका घोषणा गर्न सबैलाई  आग्रह गरे । 

त्यस्तै पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले पातारासीले बालबालिकासँग सम्बन्धित सकारात्मक कार्यक्रम वा योजनाहरूलाई प्रथामिकथा दिएको बताइन् । उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, र समग्र विकासमा ध्यान केन्द्रित पालिका लागि परेको बताइन् । उनले महिला सशक्तिकरण, बाल सहभागितालाई सूनिश्चित गरेको दाबी गरिन् । 

त्यस्तै पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बालबालिकाको अधिकार कानूनी, सामाजिक र नैतिक अधिकारहरूलाई कार्यान्वयन गर्नतर्फ लागेको बताइन् । बालबालिकाको सुरक्षामा, स्वास्थ्यमा, शिक्षा र समग्र विकासमा मद्दत गर्ने उद्देश्यले वडा घोषणा गरेको बताए । उनका अनुसार हरेक बालबालिकाले स्वस्थ जीवन बिताउने र शारीरिक, मानसिक, र सामाजिक विकासको अवसर आउने उनीहरुको अधिकार हो । 

बालबालिकालाई कुनै पनि प्रकारको शोषण,बलात्कार वा हिंसाबाट सुरक्षित रहने राख्नु अहिलेको चुनौती देखिएको छ । उनले भनिन्,’पातारासीले बाल बचाउ, बाल संक्षरण,बाल विकास र बाल सहभागिताका लागि विशेष प्राथमिकता दिँदै आएको छ । ५१ सूचकमध्य ८८ प्रतिशत प्रगती हासिल गर्न पालिकाले विभिन्न गतिविधि गरेको छ ।’

यसअघि सोही वडालाई जुम्लाकै पहिलो बालविवाह मुक्त वडादेखि बालमैत्री वडा घोगणा  गरिएको थियो । जुम्लाको पातारासी गाउँपालिका वडा नं ५ बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । जुम्लाका ६० वटामध्ये दोस्रो वडाका रुपमा पातारासी–५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो । यसअघि जुम्लाकै पहिलो बालमैत्री स्थानीय शासन वडाको रुपमा तिलागाउँपालिकाको ६ वडा गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise