२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एशिया स्कुलले दियो जुम्ला प्रहरीलाई लागुऔषध परीक्षण किट 

ADV
दिलमाया शाही
२०८१ भदौ १४ गते २१:५०
एशिया स्कुलले दियो जुम्ला प्रहरीलाई लागुऔषध परीक्षण किट 

जुम्ला : एशिया इन्टरनेशनल  मोडेल अंग्रेजी स्कुल जुम्लाले जिल्ला प्रहरी कार्यालय जुम्लालाई लागुऔषध परीक्षण किट हस्तान्तरण गरेको छ । जुम्लामा पछिल्लो समयमा लागुऔषध दुव्र्यसनी प्रयोगकर्ता बढिरहेकाले यस न्यूनीकरण गर्नका लागि जुम्ला प्रहरीलाई ५० किट दिइएको हो । यो विद्यालयले दिएको किटले विभिन्न प्रकारका लागुऔषधहरुका सेवन कर्तालाई परीक्षण गर्न सहज हुनेछ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले  यो किटले लागुऔषध सेवन कर्ताहरुको पहिचान हुने बताए । उनले  भने, ‘राज्यले गर्नुपर्ने काम यो एसिया विद्यालयले गरेको छ ।’ उनका अनुसार यस विद्यालयले गरेको नमुना कार्यहरुको अरुले सिक्न जरुरी छ । 

यस्तै जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले एसिया स्कुलले दिएको लागुऔषध परीक्षण किटले   प्रहरीलाई सहयोग पुग्ने बताए । उनका अनुसार  कानूनी र स्वास्थ्य सेवामा, अनुसन्धानमा, वा व्यक्तिगत सुरक्षा  मद्दत्त गर्नेछ ।  उनले स्थानीय सरकार, विद्यालय र सामाजिक संस्थाले पनि यस्ता काममा सहयोग अपिल गरे  । उनका अनुसार जुम्ला प्रहरीले लागुऔषध विरुद्धको विभिन्न जनचेतना कामहरु गर्दै आएको  छ ।  यस पटक एशिया स्कुलले प्रदान गरेको लागुऔषध परीक्षण किटले थप प्रहरीलाई काम गर्ने उर्जा थपेको छ । 

 त्यस्तै जिल्ला प्रहरी कार्यालयको सहकार्य र एशिया इन्टरनेश्नल मोडेल अंगे्रजी स्कुल जुम्लाको आयोजनामा शुक्रबार बृहत र्‍यालीसहितको जनचेतनामुलक कार्यक्रम गरेर ५० वटा किट हस्तान्तरण गरेको विद्यालयका संस्थापक मनोज बुढाथोकी मगरले बताए । 

उनका अनुसार  जुम्लामा लागुऔषध सेवन कर्ता कम्तीमा ५० जना जति भएको अनुमान गरिएको छ । उनले भने, ‘४० वटा लागु औषध र १० वटा अन्य परीक्षणका लागि गरी ५० वटा किट हस्तान्तरण गरिएको हो ।’

एशिया विद्यालयका बालबालिकाले प्रमुख जिल्ला अधिकारी जय प्रसाद घिमिरे र प्रहरी नायव उपरीक्षक छेदिलाल कामति र  जिल्लास्थित राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुको रोहवरमा उक्त किट हस्तान्तरण गरिएको हो । बालबालिकालाई लागुऔषध जस्ता दुव्र्यसनीबाट बचाउनका लागि  यस्तो कार्यक्रम गररिएको एसिया स्कुलले बताएको छ । सामाजिक चेतना अभावका कारण लागुऔषध जस्ता विकृति बढिरहेको समयमा विद्यालयले गरेको यो कार्यको सबै तर्फ चर्चा भएको छ । 

त्यस्तै नेपाल मजदुर किसान पार्टीका  निवर्तमान जिल्ला अध्यक्ष तथा प्रदेश कमिटी सदस्य शिवलाल डाँगीले लागुऔषधविरुद्धको हरेक प्रकारका अभियानमा आफ्नो पार्टी  सहयोग तयार भएको बताए ।   

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति कर्मा बुढा, नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने, राप्रपाका नेता मनसुर सुनार, नेपाल कम्युनिष्ट पार्टीका इन्चार्ज विर्खबहादुर शाही  र नेपाल पत्रकार महासंघ जुम्ला शाखा अध्यक्ष नेत्र बहादुर शाहीको सहभागीता रहेको थियो । जुम्ला सदरमुकामको मुख्य बजारबाट शुरु भएका र्‍याली चन्दननाथ मन्दिर बसपार्क, विजयनगर, चन्दननाथ, जुगाडखोला, बालमन्दिर हुँदै एसिया स्कुलमा पुगेको थियो । र्‍यालीमा ‘हामिलाई बचाऔं, लागुऔषध बन्द गरौं’लगायतका नारासहित बजार परिक्रमा  गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise