२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

यूएईका अवैध कामदारलाई घर फर्किन दुई महिनाको अवसर

Nada
२०८१ भदौ २० गते ०६:३०
Shares
यूएईका अवैध कामदारलाई घर फर्किन दुई महिनाको अवसर

काठमाडौं : यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैधरुपमा बसिरहेका कामदारसहित विदेशी नागरिकहरुलाई स्वदेश फर्कन वा वैधानिक भइ बस्न दुई महिनाको अवसर दिएको छ ।

ncell

अबुधावीस्थित नेपाली दूतावासका अनुसार सेप्टेम्बर १ तारिकदेखि अक्टोबर ३० तारिकसम्म लागू हुने गरी यूएई सरकारले एम्नेष्टी आदेश जारी गरेको छ । नेपाली दूतावासले विगतमा वर्किङ वा भिजिट भिसामा यूएई गएर रन वे (भागेका) वा ओभर स्टे भइ जरिवाना वा अध्यागमन समस्या रहेकाहरूलाई एमनेष्टीको सेवा लिन आग्रह गरेको छ ।

नेपाली दूतावासले वैधानिकीकरण भएपछि यूएईमा भ्रमण तथा कामकाजका लागि जान कुनै समस्या नहुने स्पष्ट पारेको छ । दूतावासले एम्नेष्टी कार्यक्रमको व्यापक प्रचारप्रसार गर्न गैरआवासीय नेपाली संघ, यूएईमा रहेका नेपालीका सामाजिक संघसंस्था तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

विगतमा पनि यूएई सरकारबाट अवैधानिक विदेशीलाई लक्षित गरी एम्नेष्टीका कार्यक्रम आएपनि अवैधानिक अवस्थामा रहेका कतिपय नेपालीले अवधि सकिएपछि मात्रै उक्त अवसरका बारेमा थाहा पाउने गरेका कारण अवसरबाट बञ्चित भइ स्वदेश फर्किँदा अध्यागमनमा चर्काे शुल्क बुझाउनुपर्ने अवस्था थियोे ।

दूतावासका अनुसार अवैध कामदारले वैध हुने वा बिनाजरिवाना आफ्नो देश फर्किन पाउने छन् । नेपाली दूतावासले यूएई अध्यागमनबाट प्रक्रिया पूरा गर्नेले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र पाउने भन्दै जहाज टिकट भने आफैंले व्यवस्था गर्नुपर्ने बताएको छ । एकतर्फी यात्रा अनुमतिपत्र पाएकाले १४ दिनभित्र यूएई छोड्नुपर्ने दूतावासले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर