२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ भदौ २२ गते ०९:२३
गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

रोल्पा : रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र फेरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम फेरेर सुकिदह गाउँपालिका राख्ने निर्णय गरेको हो ।

गाउँपालिकाको केन्द्र पनि परिवर्तन भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गाउँपालिकाको केन्द्र हाल ५ नम्बर वडाको सानडाँडामा रहेकोमा अब वडा नम्बर २ को सुखाओडार (जिनावाङ) रहने भएको छ ।

८ वैशाख २०८० को गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरी सिफारिस गर्ने निर्णय गरेको थियो । असोज २०८० मै लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको नाम र केन्द्र फेर्ने प्रस्ताव संघीय सरकारलाई पठाउने निर्णय गरेको थियो ।

२०७२ मा गाउँपालिका कायम हुँदा गंगादेव गाउँपालिकाको नाम सुहिदह नै थियो । २०७४ मा नेकपा माओवादी केन्द्रले जितेपछि शहीदको नाम भन्दै गंगादेव गाउँपालिका कायम गरिएको थियो । सुखाओडारबाट सानडाँडामा केन्द्र सारिएको थियो ।

आफ्नै श्रीमती र आफन्तको नाममा पालिकाको नाम राखेको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्ष वीरबहादुर खत्रीको आलोचना भएको थियो । विरोधकै बीचमा २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेसँगै नाम फेर्ने प्रक्रिया शुरु भएको थियो।

गाउँ कार्यपालिकाको निर्णय

१७ असार २०८० मा बसेको कार्यपालिकाको बैठकले पालिकाको नाम ‘सुकिदह’ नै कायम गर्ने निर्णय बहुमतले पारित गरेको थियोे । गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका बनाउन गाउँसभामा पेश गर्ने निर्णय भएको र रोल्पाको गंगादेव गाउँपालिकाको गाउँसभा ३१ असार २०८० मा भएको गाउँपालिका अध्यक्ष हरि बहादुर पुनमगरले जानकारी दिएका थिए ।

अध्यक्ष पुनले गाउँपालिकाको नाम परिवर्तन गर्ने आफ्नो चुनावी घोषणा प्रतिबद्धतामा भएको र सोही अनुसार आफूहरू अगाडि बढेको बताएका थिए । १७ असार २०८० को गाउँ कार्यपालिकाको बैठकले प्रस्ताब टेबुल गरेको र ३१ असार २०८० मा गाउँसभामा निर्णय सार्वजनिक गरी आमभेलालाई सम्बोधन गर्ने गरी पालिकाको नाम सुकिदहलाई मन्त्रीपरिषद्‍सम्म फ्लोअफ गर्ने समेत अध्यक्ष पुनले उद्धोष गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise