२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रधानमन्त्री ओली उपस्थित नहुने भन्दै प्रतिष्ठानले गर्‍यो दीक्षान्त समारोह स्थगित

ADV
दिलमाया शाही
२०८१ भदौ २३ गते ११:५३
प्रधानमन्त्री ओली उपस्थित नहुने भन्दै प्रतिष्ठानले गर्‍यो दीक्षान्त समारोह स्थगित

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भन्दै दीक्षान्त समारोह स्थगित गरेको छ । आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि समारोह स्थगित गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिए । उनका अनुसार दीक्षान्त समारोह र सभा तथा शैक्षिक भवन उद्घाटनको कार्यक्रम स्थगित गरिएको हो । उनले आँखा उपचार केन्द्रको उद्घाटन र विश्व स्वास्थ्य संगठनबाट औषधिलगायतका समग्री वितरण गर्ने तय भएको उक्त कार्यक्रम अब कात्तिक २८ गते हुने बताए ।

दीक्षान्त समारोह प्रतिष्ठान स्थापना भएको १३ वर्षपछि गर्न लागिएको थियो । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल पनि सहभागी हुने भनिएको थियो । 

त्यस्तै यो कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरूसमेत जुम्ला पुगिसकेका थिए । तर प्रधानमन्त्री ओली नआउने भएपछि कार्यक्रम स्थगित गर्नुपरेको बताइएको छ ।

दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुने भएकाले ती विद्यार्थीहरू जुम्ला पुगिसकेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise