२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा शुरु

ADV
मध्यान्ह
२०८१ भदौ २३ गते १३:४८
माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा शुरु

उदयपुर : नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आइतबारदेखि शुरु भएको छ । 

सोमबारसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको छ ।

पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरूप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिवसम्मका पदाधिकारी पुगेर प्रदेशको रायसुझाव लिने र प्रदेश नेताहरूलाई सम्बोधन गर्ने गरेका छन् ।

माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । 

कोशी प्रदेशको बैठक सकिएपछि लगत्तै मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक आयोजना गर्ने माओवादी तयारी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise