२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आरबीबी मर्चेन्ट बैंकिङद्वारा १८ प्रतिशत लाभांश घोषणा

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते २०:४७
आरबीबी मर्चेन्ट बैंकिङद्वारा १८ प्रतिशत लाभांश घोषणा

काठमाडौं : आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको नाफाबाट १८ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिको बैठकले कम्पनीको शेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने रकम तीन करोड ६० लाख रुपैयाँ (कर सहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । कम्पनीको नवौं वार्षिक साधारण सभाबाठ पारित भएपछि उक्त लाभांश हस्तान्तरण गरिने छ । 

यस कम्पनीले शेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई विगत वर्षहरुदेखि नै लगातार नगद लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीको अध्यक्षमा सरस्वती अधिकारी रहेको र प्रमुख कार्यकारी अधिकृतको रुपमा बद्रीप्रसाद प्याकुरेल रहेका छन् ।

बैंक कोष प्रवद्र्धक रही यस कम्पनी योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरबीबी म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरबीबी म्युचुअल फण्ड १ र आरबीबी म्युचुअल फण्ड २ ले आव २०८०/८१ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित क्रमशः ३.८१ प्रतिशत र ८.७४ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise