२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

द्वन्द्व संवेदनशीलका विषयमा कर्णालीका पत्रकारलाई प्रशिक्षण

ADV
दिलमाया शाही
२०८१ भदौ ३१ गते १४:४८
द्वन्द्व संवेदनशीलका विषयमा कर्णालीका पत्रकारलाई प्रशिक्षण

जुम्ला : द्वन्द्व संवेदशीलताका विषयमा कर्णालीका ६० जना पत्रकारलाई  प्रशिक्षण दिइएको छ । मिडिया एक्सन नेपालले द्वन्द्व–संवेदनशील आवासीय कार्यशाला प्रशिक्षण तालिम दिएको हो । सोक्रममा पत्रकारले लेख्ने समाचारले समाजमा फौलिने सकारात्मक तथा नकारात्मक प्रभावको बारेमा प्रशिक्षण दिइएको छ ।

कार्यशालामा सहभागी पत्रकार कृष्णमाया उपाध्यायले समाज द्वन्द्व बाहिर हुन नसक्ने, तर त्यसको सकारात्मक व्यवस्थापन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । उनले यो तालिमले पत्रकारिताको माध्यमबाट सुव्यवस्थित समाज निर्माण गर्नेतर्फ लाग्न ध्यान केन्द्रित भएको पनि बताइन् । 

त्यस्तै कालीकोटका पत्रकार खडानन्द चौलागाईंले रिपोर्टिङ गर्दा समाचार संकलन गर्न जानुअघि, समाचार संकलनको समयमा र संकलनपछि कुनै समस्या उत्पन्न भए के कस्ता उपाय अपनाउने भन्ने विषयमा जानकारी दिइएको बताए ।

नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्रबहादुर शाहीले  सहभागी पत्रकारहरुलाई तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न सुझाव दिए । उनले मिडिया एक्सन नेपालले दिएको द्वन्द्व संवेदनशील पत्रकारिता तालिमले द्वन्द्व र हिंसाको परिभाषा, हिंसाका प्रकार, कारण, विश्लेषण र समाधानको बाटोबारे ज्ञान प्रदान गरेको बताए । 

द्वन्द्व वा हिंसा फैलनु/हुनुअघि पत्रकारको भूमिका, पीडितसँग व्यवहार, स्रोतको सुरक्षा, द्वन्द्व मत्थर भएपछि पत्रकारहरूले पालना गर्नुपर्ने काम र कर्तव्यको तरिकाबारे प्रशिक्षण दिइएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए । तालिमको मुख्य प्रशिक्षकका रुपमा रहेका उनले पत्रकारले सुरक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासको उदाहरण प्रस्तुत गर्दै सम्बन्धित विषयमा समाचार लेख्दा अझ गम्भीर एवम् संवेदनशील हुन अनुरोध गरे ।

त्यस्तै चन्दनननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोसीले यस्ता खालका तालिम पत्रकारलाई मात्रै नभइ सबैलाई आवश्यक भएको बताए । जुम्ला, कालीकोट, मुगुलगायत कर्णालीका जिल्लाका ६० जना पत्रकारलाई तालिम दिइएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise