२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

स्वास्थ्य बीमाको औषधि नपाउँदा सेवाग्राही मर्कामा

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ ३० गते २१:३६
स्वास्थ्य बीमाको औषधि नपाउँदा सेवाग्राही मर्कामा

रौतहट : रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर सरकारी अस्पतालमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम दुई सातादेखि बन्द हुँदा बिमितहरुले स्वास्थ्य सुविधा पाएका छैनन् ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत निःशुल्क पाइने औषधिको अभावले बीमा फाँट बन्द भएको छ । अस्पतालमा दैनिक एक सय भन्दा बढी बिमितले स्वास्थ्य सेवा लिँदै आएको अभिलेखमा उल्लेख छ ।

अस्पतालबाट औषधि, ओपिडी सेवा, इमर्जेन्सी, ल्याब सेवा, सामान्य अपरेसनलगायतका उपचार पाउने व्यवस्था भएपनि चन्द्रनिगाहपुर अस्पतालमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम औषधि अभावमै बन्द हुनु दुखद भएको सेवाग्रहीले बताएका छन् ।

अस्पतालका डाक्टर तथा ‘बीमा फोकल पर्सन’ रुपेश साहले बीमाबाट वितरण गरिने औषधिको लागि दरभाउ पत्र प्रकाशन गर्न र त्यसको प्रक्रिया पुर्‍याउन समय लाग्ने गरेकाले समयमा औषधि खरिद हुन नसकेकोले बीमा कार्यक्रम प्रभावित बनेको बताए ।

निःशुल्क वितरण गर्दै आएको औषधिमा बीमा बोर्डको निर्णयअनुसार बिमितले पाउने औषधिको कुल मूल्यमा दश प्रतिशत शुल्क लाग्ने भएपछि त्यसको ‘सफ्टवेयर’ निर्माणमा भएको ढिलासुस्तीले पनि बीमा फाँट बन्द गर्नु परेको साहले बताए ।

अस्पतालमा स्वास्थ्य विशेषज्ञको अभावले गर्दा संवेदनशील रोगका बिरामीले पाउनुपर्ने औषधि समेत पाएका छैनन् । मुटु रोग, माइग्रेन, श्वासप्रश्वास लगायतका बिरामीका लागि चाहिने आधारभूत औषधि बीमा कार्यक्रममा नभएको डा.साह बताए । 

चन्द्रनिगाहपुर अस्पतालका सूचना अधिकारी दीपेन्द्र झाले यसै साताभित्र अस्पतालमा बीमा कार्यक्रमको औषधि उपलब्ध हुने बताए । 

ADV

सम्बन्धित खबर

Advertise