२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शितगंगामा सार्वजनिक सुनुवाइ सम्पन्न

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ ३० गते २२:१३
शितगंगामा सार्वजनिक सुनुवाइ सम्पन्न

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । नगरपालिकाले  आर्थिक वर्ष २०८०÷०८१ मा सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । 

नगरपालिकाले  वर्षभरी  सञ्चालन गरिएका योजनाहरु नगरपालिकाबाट प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चित गर्नका लागि नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ  ।

नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा पूर्व सांसद जाल्पा भुसाल, पूर्व नगरप्रमुख सूर्य प्रसाद अधिकारी, नगरपालिकाका उपप्रमुख  गिता भाट, नगरपालिकास्थित सुरक्षा निकायका प्रमुखहरु, वडा नम्बर १ देखि १४ सम्मका वडा अध्यक्ष लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरु स्थानीयको उपस्थिति रहेको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले बताए ।

शितगंगा नगर पालिकाकाको आयोजनामा तथा मेरो मिडिया घर विज्ञापन एजेन्सीको  सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको योजना अधिकृत खनालले बताए  । कार्यक्रमको सहजीकरण पत्रकार नवीन केसी, अराज बेल्वासे, बिक्रम आचार्यले गरेका थिए ।

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठूला योजनामा केन्द्रीत भएर लाग्न सुझाव दिएका थिए ।

सहभागीले नगरपालिकाभित्र रहेको अस्पताल भवन लामो समयदेखि अलपत्र परेको, अस्पतालमा दक्ष जनशक्ति नभएको, सामान्य बिरामी पर्दा समेत बुटवल जानूपर्ने बाध्यता भएको, निर्माण व्यवसायीको लापरवाहीका कारण वर्षौसम्म केही संघीय सरकारले लगानी गरेका सडकहरुमा काम हुन नसकेको लगायतका प्रश्न राखेका थिए । 

सहभागीले राखेका प्रश्नको जवाफ नगरपालिकाका प्रमुख छबिलाल पौडेल, उपप्रमुख गिता भाट, प्रमुख प्रशासकीय अधिकृत, अर्जुन शर्मा, योजना अधिकृत नुमलाल खनाल विषयगत शाखाका प्रमुखहरु वडा अध्यक्षहरुले जवाफ दिएका थिए । 

कार्यक्रममा सहभागी संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका डिभिजन प्रमुख धर्मेन्द्र पन्थीले निर्माण व्यवसायीको चरम लापरबाहीका कारण प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र दुईवटा संघीय सडक अलपत्र परेको भन्दै तत्काल काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारबाही गर्ने गरी प्रकिया अगाडि बढाएपछि अहिले कामको सुरुवात भएको बताए । कार्यक्रममा निर्माण व्यवसायी पदम बहादुर भुसालले सरकाले पैसा समयमा दिन नसक्दा सोचे अनुसार काम हुन नसकेको स्वीकार गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise