काठमाडौं : साफ यू–१५ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई चार एक गोल अन्तरे पराजित गरेको छ । मंगलबारको जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ६ अंक भएपनि हेड टु हेडका आधारमा बंगलादेश तेस्रो स्थानमा रहेको छ । अब अन्तिम खेलमा नेपालले भुटानलाई पराजित गरेमा भारतसँग उपाधि भिडन्त गर्ने छ । बंगालदेशविरुद्धको नेपालको जितमा कृष्ण यादवले दुई गोल गरे ।
भारतको कल्याणीमा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । नेपालले खेलको सुरुवातमा केहि कमजोर खेल खेले पनि विस्तारै आफ्नो प्रभाव जमाएको थियो । पहिलो ४५ मिनेट गोलरहित बराबरीमा रोकिएको नेपालले इन्जुरी समयमा अग्रता बनायो । नेपालका लागि शसांक बोहोराको स्थानमा मैदानमा प्रवेश गरेका कृष्ण यादवले गोल गर्न सफल भए ।
त्यसपछि ५२ औं मिनेटमा नेपालले अन्तर दुई शुन्यमा पु¥यो । नेपालका लागि सुगन जिमीले गोल गर्न सफल भए । त्यसपछि बंगलादेशले ८४ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । उसका लागि मियाले गोल गर्दै अन्तर दुई एकमा झारे । त्यसपछि ८६ औं मिनेटमा फेरी नेपाले अर्को गोल थप्यो । नेपालका लागि प्रदिप लम्सालले गोल गर्न सफल भए ।
८६ औं मिनेटमा नेपालले अर्को गोलको मौका पाएको थियो । तर सफल भएन । ८८ औं मिनेटमा नेपालले चौथो गोल थप्यो । नेपालका लागि फेरी पनि यादवले गोल गर्न सफल भए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies