२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

जुम्लाका पाँच विद्यालय बालमैत्री, मन्त्री भण्डारीद्वारा  उद्घाटन

ADV
दिलमाया शाही
२०८१ असोज ६ गते २१:३२
जुम्लाका पाँच विद्यालय बालमैत्री, मन्त्री भण्डारीद्वारा  उद्घाटन

जुम्ला : जुम्लाको पाँच वटा विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्की भवन निर्माण गरिएको छ । जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा पाँच वटा आधुनिक भवन निर्माण कार्य सम्पन्न गरिएको हो । 

त्यस्तै जिल्लाको हिमा गाउँपालिका भैरव आधारभूत विद्यालय जोडि बाडा, महादेव आधारभूत विद्यालय तलिकुडु, सिंजा गाउँपालिकाको आधारभूत विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिका आधारभूत विद्यालय गोरुचौर,कनकासुन्दरी गाउँपालिका आधारभूत विद्यालय भैलेपाटासहित पाँच वटा विद्यालयमा आधुनिक पक्की भवन निर्माण गरिएको छ ।

उक्त पाँचवटै भवनहरुको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरेका छन् । चारवटा विद्यालयमा भौतिक संरचनाको अभाव भोगिरहेका ति स्थानमा ४ कोठाको अपांगता मैत्री,बालमैत्री भवन, कक्षा १,२ र ३ इसिडि कक्षा, महिला शांैचालय, पुरुष शौंचालय, बालमैत्री हातधुने स्थानसहितका भवन निर्माण गरिएको छ। 

स्थानीय सरकारको साझेदारीमा नवनिर्मित भवन स्थानीय तहलाई हस्तातरण समेत गरिएको छ । साझेदार संस्था प्लान नेपालको सहयोगमा साझेदारी सहयोग केन्द्रबाट निर्माण भएका भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुलीका अनुसार पाँच वटा भवन निर्माणमा तीन करोड ४९ लाख ५४ हजार ५३ रुपैयाँ खर्च भएको छ । जसमा स्थानीय सरकारको १३ लाख र  ३ करोड ३६ लाख ५४ हजार ५३ रुपैयाँ प्लान नेपालको लागत रहेको छ । 

नवनिर्मित भवनको संरचना, लागतसहितका विस्तृत पुस्तिकासहित भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कर्णालीका सामाजिक विकास मन्त्री भण्डारीले विद्यालयमा गुणस्तरीय भवन निर्माण गर्ने सहयोगी निकायसहित सबैलाई आभार व्यक्त गरे ।

उनले गुणस्तर भवन निर्माण भएकाले यसको सदुपयोग गरी शिक्षामा टेवा पुर्‍याउन अनुरोध गरे । 

त्यस्तै सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले शिक्षा क्षेत्रमा लगानी भनेको सबैभन्दा उत्तम हुने भएकाले गुणस्तरीय भवन निर्माणमा सहयोग गर्ने साझेदार निकाय आभार ब्यक्त गरे । उनले सरकारले गर्न नसकेको काम गरेको बताए ।

त्यस्तै  हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले विद्यालयमा गुणस्तरीय भवन निर्माण  भएपछि विद्यार्थीका सहज हुने बताए । 

उनले संरचना भएमा विद्यालयमा गुणस्तरीय शिक्षामा जोड हुने बताए । कनकासुन्दरी गाउँपालिका जुम्लाका अध्यक्ष दामोदर आचार्यले शिक्षामा लगानी गर्ने सरकारको लक्ष्य अनुसार साझेदार निकायसँग सहकार्य गरेर निर्माण भएका भवन भरपुर प्रयोग गरिने बताए । 

त्यस्तै भैरव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमनाथ योगीले भत्केको जीर्ण कक्षा कोठामा विद्यालय सञ्चालन भइरहेको अवस्थामा अब नयाँ आधुनिक ४ कोठे भवन, इसिडि र मैत्री शौंचालय बन्दा निकै राहत भएको बताए । 

त्यस्तै हिमा गाउँपालिको भैरव आ.वि.जोगिवाडामा भिजन निर्माण सेवाले भवन निर्माण गर्ने जिम्मा लिइएको थियो । भवन राम्रो बनाएको भन्दै विद्यालयले सो निर्माण सेवाका प्रोपाइटर राष्टु कठायतलाई सम्मान समेत गरेको छ ।  नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्लान इन्टरनेश्नल नेपालका प्रोगाम गुणस्तरीय एण्ड इन्नोभेसन निर्देशक जुली गुरुङले अभाव भएको क्षेत्रमा काम गर्न पाउँदा खुशी व्यक्त गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise