२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

‘जुम्ला शिक्षा क्षेत्रमा अब्बल देखिएको छ’

ADV
दिलमाया शाही
२०८१ असोज ७ गते २०:४०
‘जुम्ला शिक्षा क्षेत्रमा अब्बल देखिएको छ’

जुम्ला : समय अवधिभित्रै गुणस्तरीय भवन निर्माण गर्ने व्यवसायीलाई सम्मान गरिएको छ ।  जुम्लाको भिजन निर्माण सेवाले गरेको कामको कदर गर्दै सम्मान गरिएको हो । 

हिमा गाउँपालिका वडा नम्बर ३ भैरव आधारभूत विद्यालयले भिजन निर्माण सेवा जुम्लाको निर्माण व्यवसायी राष्टु कठायतलाई कदरपत्र र दोसल्ला ओढायर सम्मान गरेको छ । 

प्लान नेपाल, साझेदारी सेवा केन्द्र (पेश) नेपाल र स्थानीय सरकारको साझेदारी सहयोगमा निर्माण भएको चार कोठे भवन, इसिडि,अपांगतामैत्री, शौचालय निर्माण भएको थियो । सो भवन निश्चित समयमा गुणस्तरीय निर्माण भएको भन्दै हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमनाथ योगीले प्रोपाइटर कठायतलाई कदरपत्रले सम्मान गरेका हुन् । 

त्यस्तै गरी भैलेपाटा आधारभूत विद्यालयमा समेत काम गर्न योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको छ । भिजन निर्माण सेवाका प्रोपाइटर कठायतले हिमा गाउँपालिकाको महावु आधारभूत विद्यालय कुडु, आधारभूत विद्यालय गोरुचौरसहितका ४ वटा विद्यालयमा गुणस्तरीय भवन निर्माण भएका छन् । 

विकास साझेदार निकाय प्लान नेपाल र साझेदारी सहयोग केन्द्र (पेश) नेपालले निर्माण गरेका ५ वटा विद्यालयमध्ये ४ वटा विद्यालय भिजन निर्माण सेवा र आधारभूत विद्यालय जोडुमा मिलन एण्ड मेलिना निर्माण सेवाले निर्माण गरेको छ । ती ५ वटा भवन एकैसाथ कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन  गरेका हुन् । त्यस्तै मन्त्री भण्डारीले गुणस्तरीय भवन निर्माण गरेकोमा स्थानीय सरकार, स्थानीय सरकार, साझेदार निकाय निर्माण व्यवसायीलाई आभार व्यक्त  गरे । उनले भने, ‘बालबालिको शिक्षामा लगानी गर्न सरकार पनि तयार छ । जुम्ला शिक्षा क्षेत्रमा अब्बल देखिएको छ ।’ उनले यहाँका जनशक्ति नेपालका विभिन्न जिल्लामा राष्ट्र सेवक कर्मचारी रहेको बताए । 

त्यस्तै समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गुणस्तरीय भवन निर्माण मात्रै नभइ ती संरचनालाई विद्यालयले राम्रो प्रयोग गर्न आवश्यक रहेको बताए । 

त्यस्तै साझेदारी सहयोग केन्द्र नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले जोगिवाडा, कुडु, गोरुचौर र लेकपोरको विद्यालय भवन लगायतका संरचनाका लागि २०८० साल भदौ १५ गते सम्झौता भइ २०८१ जेठ २ गते सम्पन्न भएको थियो । विद्यालय भवन असोज २, ३ र ४ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise