२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

आयुर्वेद सेवा सञ्चालनका लागि बजेटको चिन्ता

ADV
दिलमाया शाही
२०८१ जेठ ३१ गते २१:२६
आयुर्वेद सेवा सञ्चालनका लागि बजेटको चिन्ता

जुम्ला : जुम्लामा जेष्ठ नागरिकका लागि निःशुल्क रुपमा सञ्चालन हुँदै आएको आयुर्वेद उपचार सेवाका लागि बजेट अभाव हुन थालेको छ । चन्दननाथ नगरपालिका र आयुर्वेद स्वास्थ्य केन्द्रको सहयोगमा उक्त सेवा सञ्चालन हुँदै आएको छ । 

जेष्ठ नागरिकको कार्यालयमै आयुर्वेद फार्मेसी स्थापना, जेष्ठ नागरिकका दाह्री, कपाल काट्ने, मसाज गर्ने   लगायतका सम्पूर्ण सेवा निःशुल्क दिँदै आएको छ । 

धेरैजसो जेष्ठ नागरिक कार्यालयमै आउने भएकोले सोही ठाउँमा आयुर्वेद सेवा उपलब्ध गराइएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख नन्दप्रसाद न्यौपानेले बताए । उनका अनुसार चन्दननाथ नगरपालिकाको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा दिन थालेको हो । आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि चन्दननाथ नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसले आयुर्वेद फार्मेसी कक्ष सञ्चालन, आयुर्वेद औषधी खरिद, स्नेह कक्ष, आराम कक्ष तथा आयूर्वेद वाफ कक्षको व्यवस्थापन गरिएको छ । यस नगरपालिकाका मात्र नभइ जुम्ला जिल्ला भरीका  जेष्ठ नागरिक सेवा लिन आउन थालेका छन् ।

यो सेवालाई निरन्तरता दिनका लागि बजेटको अभाव छ । जेष्ठ नागरिक संघमै सेवा दिनका लागि दुई जना कर्मचारी राखिएको छ । दाह्री र कपाल काट्नको लागि एक कर्मचारीको व्यवस्था गरिएको छ । 

उनले भने,‘त्यहाँ बाहिरका पनि कपाल र दाह्री काट्ने सेवा लिन आउने गरेका छन् ।’  जेष्ठ नागरिक संघमा रहेको हाइजिन मेण्टेन सेन्टरमा आउनेलाई बजारको भन्दा केही सस्तो शुल्क लिने गरिएको छ । त्यो शुल्क जेष्ठ नागरिक संघमै जम्मा गरिने गरिएको छ ।

चन्दननाथ–१० बोहोरागाउँमा भएको आयूर्वेद अस्पतालमा जान टाढा र कठिन भएकोले ज्येष्ठ नागरिकको कार्यालयमा सेवा दिन थालिएको भन्दै ज्येष्ठ नागरिकहरु निकै खुसी छन् । यो सेवालाई दिर्घकालिन रुपमा सञ्चालन गर्नका लागि तिनै तहको सरकारले आवश्यक बजेटको पहल गर्नुपर्ने जेष्ठ नागरिकहरुले बताएका छन् । 

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले पनि कर्णाली प्रदेश सरकारलाई जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेद सेवाका लागि बजेट आगामी आउने बजेट विनियोजन गरिदिन हुन भन्दै अनुरोध गरेको बताएको छ । 

त्यस्तै पूर्व राज्य मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौत्तम (कुंवरले) आयुर्वेद स्वास्थ्य केन्द्रले जेष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा सञ्चालन गरेको प्रति आभार व्यक्त गरिन् । उनले भनिन्,’जेष्ठ नागरिक सबैका साँझा हुन् ।’ 

भगवानलाई पुजा गर्न सधैँ मन्दिर जानुपर्दैन । उनले जेष्ठ नागरिकलाई सेवालाई नियमित बनाउन प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धता गरिन् ।

उनका अनुसार सबै भोलिका ज्येष्ठ नागरिक भएकाले ज्येष्ठ नागरिकको सेवा सबैभन्दा महत्वपूर्ण रहेको छ । जिल्लाभरिका ज्येष्ठ नागरिकहरु आवद्ध भएको संस्थामा अझै राम्रा–राम्रा काम गर्नका लागि सबैको हातेमालो जरुरी रहेको उनले बताइन् । त्यस्तै आयुर्वेद  स्वास्थ्य  केन्द्र जुम्लाले लामो समयदेखि नागरिकस्तरमा योग ध्यान, प्राणयाम, भोजन कृतिन गराउँदै आएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise