२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

२ सय ५० विद्यार्थीलाई छात्रवृत्ति वितरण

Nada
सूर्यप्रसाद भुसाल
२०८१ जेठ ३१ गते २१:५१
Shares
२ सय ५० विद्यार्थीलाई छात्रवृत्ति वितरण

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले स्थापना गरेको नगरप्रमुख छात्रवृत्ति वितरण तथा अक्षय कोष दाताहरुले  स्थापना गरेको  छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको छ । 

ncell

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा एक कार्यक्रमकाबीच पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको हो । 

जिल्लाको शैक्षिक धरोहर मानिने यस क्याम्पसमा विगत वर्षदेखि गरिव, जेहेन्दार, पिछडिएका वर्गहरुलाई  लक्षित गरी नगरप्रमुख छात्रवृत्ति तथा अक्षयकोष दाताहरुद्वारा स्थापित छात्रवृत्तिबाट क्याम्पसमा हुने अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीहरुलाई उत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । 

क्याम्पसले शिक्षाको विकास तथा विद्यार्थीहरुलाई आर्थिक टेवा पुग्ने उद्देश्यले सन्धिखर्क नगरपालिकाले  स्थापना गरेको नगरप्रमुख छात्रवृत्ति रु.६ लाखबाट १ सय २२ जना विद्यार्थीहरुलाई रु.चार हजारदेखि बाह्र हजारसम्म, अक्षयकोषबाट ९ जना स्व.इन्जिनियर राजन गौतम स्मृति खेलकुद छात्रवृत्तिबाट २१ जना सन्धिखर्क नगरपालिका वडा नं.५ बाट २४ जना वडा नं.४ बाट १५ जना, यूजिसीबाट गतवर्ष ३५ जना तथा यस वर्ष ३० जनालाई जनही १५ हजारका दरले कुल २ सय ५० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

उक्त क्याम्पसमा आफ्ना बुबा आमा तथा छोराको सम्झना स्वरुप समाजसेवी व्यक्तित्व लिलाराम गौतमले स्वर्गीय छोरा राजन गौतमको नाममा इन्जिनियर राजन गौतम स्मृति खेलकुद छात्रवृत्ति अक्षयकोष, समाजसेवी बसन्त भुसालले स्वर्गीय आमाको नाममा पवित्रा स्मृति अक्षयकोष, शैक्षिक व्यक्तित्व गणेश पौडेलले आफ्ना बुबा आमाको नाममा शिव प्रसाद बालकुमारी अक्षयकोष, समाजसेवी व्यक्तित्व जीवनारायण खनालले बुबाआमाको नाममा फर्शुराम हुमकला अक्षयकोष तथा राजनीतिक व्यक्तित्व सांसद विजुला रायमाझीले  विपन्न तथा असाहय अक्षयकोषको स्थापना गरेकी हुन् ।

सन्धिखर्क नगरपालिकाको नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा शुरु कार्यक्रममा नगरउपप्रमुख मिश्रा आचार्य, क्याम्पस प्रमुख बुद्धि राम भुसाल, सञ्चालक समितिका सदस्य ऋशव अधिकारी, राजनीतिक तथा सामाजिक व्यक्तित्व कोषदाता लिलाराम गौतम, सहायक क्याम्पस प्राध्यापक बाबुराम शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघ पाणिनी क्याम्पस इकाई अध्यक्ष दोण प्रसाद भुसाल, क्याम्पसका प्राध्यापक उपप्रध्यापकहरु पाणिनी क्याम्पस स्ववियु सभापति लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो । 

क्याम्पस सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बिष्णु खनाल मुस्कानको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्यामपस प्रमुख लक्ष्मण पोख्रेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम उपप्राध्यापक रामलाल भुसालले सञ्चालन गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर