२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

मधेशका मुख्यमन्त्री सिंहले सार्वजनिक गरे एक सय दिनका उपलब्धि

shivam cement
मध्यान्ह
२०८१ असोज ९ गते १३:४८
मधेशका मुख्यमन्त्री सिंहले सार्वजनिक गरे एक सय दिनका उपलब्धि

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कार्यभार सम्हालेको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।

बुधबार बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सतिशकुमार सिंहले आफू मुख्यमन्त्री बनेको एक सय दिनमा प्रदेशको आर्थिक, सामाजिक, खेलकुद, शिक्षालगायतका क्षेत्रमा सुधार भएको दाबी गरेका छन् ।

मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिनको कामको विवरणमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन अध्यापनका लागि ५० सिटको स्वीकृति, नीति तथा कार्यक्रम तयार, विनियोजन विधेयक तयार तथा पारित, मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता, लोकसेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदको नियुक्ति, कर्मचारी सरुवा व्यवस्थापन उल्लेख छन् ।

कमला नदीको बाढीका कारण बगर बनेका १५ हजार बिघा जमिनलाई कृषिमा उपयोग गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी भइरहेको मुख्यमन्त्री सिंहले बताए ।

१ लाख ५० हजार मेट्रिक टन रासायनिक मलको समयमै वितरण गरिएको, भेटेरीनरी सेवा र मत्स्य उत्पादनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याइपछि ५० हजारभन्दा बढी किसान लाभान्वित भएको उनको भनाइ छ ।

प्रदेश सभामा बसेको २९ बैठक, प्रदेश सभाबाट पारित भएका प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा बनेको विधेयक पारित हुनुलाई समेत कामको विवरणमा समावेश गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise