२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखासम्बन्धी जनचेतना

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ ३१ गते २२:४०
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखासम्बन्धी जनचेतना

रौतहट : नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवाले परोहा नगरपालिकाको रामपुर खापमा आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न गरेको छ । 

सेवा फाउण्डेशनको आर्थिक सहयोगमा गौर आँखा अस्पताल पुरेनवा रौतहटद्वारा परोहा नगरपालिका वडा नम्वर ५ रामपुर खापस्थित जनता माध्यमिक विद्यालयमा बिहीबार आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न भएको हो ।

सेवा फाउण्डेशनको सहयोगमा विगत वर्षझैं धामी झाँक्री, औषधी बिक्रेता, स्वास्थ्य कार्यकर्ता, राजनीतिर्मीहरुलाई दिइने कार्यक्रम अन्तर्गत रामपुर खापमा महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई एक दिने आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम दिइएको हो ।

उक्त कार्यक्रममा २७ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरुको उपस्थिति रहेको थियो भने स्थानीयस्तरमा परोहा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको गौर आँखा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

उक्त प्रशिक्षण कार्यक्रममा नेत्र अधिकृत विनिता केसरी र प्रशिक्षक सत्येन्द्र पाण्डेले कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धी ज्ञान, सीपहरु दिँदै गर्मीको समयमा आँखालाई सुरक्षित राख्ने विधिहरुको प्रशिक्षण दिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise