२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

‘लिम्बूवानहरूको आन्दोलन सुस्ताएको नभइ लोकतान्त्रिक पद्धति अनुरूप स्वरूप फेरिएको हो’

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज १२ गते २२:०९
‘लिम्बूवानहरूको आन्दोलन सुस्ताएको नभइ लोकतान्त्रिक पद्धति अनुरूप स्वरूप फेरिएको हो’

दोहा कतार : आफ्ना हक अधिकारका लागि लिम्बूवानहरूको आन्दोलन सुस्ताएको नभइ लोकतान्त्रिक पद्धति अनुरूप शान्ति पूर्वक आन्दोलन जारी रहेको सलोराम नेपालका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले बताएका छन् । 

उनले विगत केही वर्षदेखि नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल दुई दलको मात्र हुने दाबी गर्दै आएको स्मरण गर्दै लिम्बूवानहरू हार्न नजानेको भूमिका सन्तान रहेको नबिर्सन लिङ्देनले आग्रह गरे ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम), संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल अन्तर्गत संघीय लिम्बूवान सामाजिक मञ्च (सलिसाम) कतारको पाँचौँ राष्ट्रिय महाधिवेशनको खुल्ला सत्रलाई शुक्रबार दोहामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

पहिचानवादी नेताका रूपमा परिचित लिङ्देनले १४१ राष्ट्रका नागरिकले प्रवासबाट आफ्नो देशमा मताधिकार प्रयोग गरिरहेको तथ्यांक रहेको बताउँदै कतारमा रहेका संघसंस्थाले पनि आफ्नो अधिकारका लागि लिखित पत्र लेखि दूतावासमार्फत नेपाल सरकार र निर्वाचन आयोगलाई दबाब दिन अनुरोध गरे ।

उनले आगामी निर्वाचनमा प्रवासबाट समानुपातिक कोटाका लागि मात्र भए पनि मत दिने सम्भावना रहेको बताउँदै मत दिँदा राष्ट्रवाद थप बलियो बन्ने विश्वास व्यक्त गरे । उनले नेपाली कांग्रेस र नेकपा एमालेको पछिल्लो राजनीतिक समीकरणमा समानुपातिक कोटा काटिन लागेकोप्रति कटाक्ष गर्दै चुनावमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक प्रणाली बनाए पनि लोकसेवाको प्रतिस्पर्धामा प्रत्यक्ष ५५ प्रतिशत र समानुपातिक यानिकी मनोनीत ४५ प्रतिशत रहेको हुँदा दुई दललाई जनजाति दलित र पिछडिएका वर्गको राज्यमा भएको प्रवेशदेखि नसहेको उनको भनाइ थियो । उनले मञ्चले आफ्नो आगामी चुनावको घोषणा पत्र यही वर्षको अन्त्यमा सार्वजनिक गर्न लागेको बताए । 

नेपालमा विकास र समृद्धिका लागि मार्सल प्लानको आवश्यकता महसुस गरी मञ्चले ३० वर्षीय विकासको प्लान बनाएको बताए । मञ्चले सरकार जति फेरिए पनि प्लान फेर्न नमिल्ने गरी प्लानमा काम गरिरहेको बताउँदै नेपालमा भएका सबै दलले प्लान बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए । पहिला नेपाली बन्न सके जातजाति धर्म लिंगका आधारमा पाउनुपर्ने अधिकारका लडाइँ लड्न सहज हुने बताउँदै लिङ्देनले नेपालका पहाडहरू खालि हुँदै गइरहेको हुँदा पहाडि जिल्लालाई राजधानी बनाउन ढिला भइसकेको प्रति असन्तुष्टि जाहेर गर्दै तराईमा मात्र प्रदेशका राजधानी सहरमुखी र सुलभ मुखी भएको उनको भनाइ थियो ।  लिम्बूवानदेखि खसाङ्सम्म समेट्दै ११ प्रदेश बनाउनुपर्ने मञ्चको माग रहेको बताउँदै सामाजिक सञ्जालको पासवर्ड सम्म नसाट्ने कमरेडहरूले साम्यवादको नारा बन्द गर्ने बेला आएको बताए । 

उक्त महाधिवेशनलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्च नेपाल अन्तर्गतको प्रवास कार्यसमिति युकेकी अध्यक्ष शर्मिला लिम्बू, मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्च नेपाल अन्तर्गतको प्रवास कार्यसमिति दुबईका अध्यक्ष  भीम अधिकारीले समेत सम्बोधन गरेका थिए । कतारमा स्थापित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसहित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित सामाजिक व्यक्तित्वहरूले महाधिवेशनलाई सम्बोधन गर्दै कतारका श्रमिकदेखि नेपालको केन्द्रीय राजनीति र मञ्चका गतिविधि माथि आफ्ना भनाइहरू राखेका थिए । डम्बर लुङ्खिम लिबाङले सहजीकरण गरेको महाधिवेशनमा कतारमा रहेका एक दर्जन कलाकारले साङ्गीतिक प्रस्तुति दिएका थिए भने मञ्चका विभिन्न गतिविधिमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरू सहित कलाकार र कतार बाहिरबाट आएका तीन जना पाहुनाहरूलाई समेत सम्मान गरिएको थियो  । 

महाधिवेशनको दोस्रो अर्थात बन्द सत्रबाट डम्बर लुङ्खिम लिबाङ ‘मिसेक’को अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन भएको छ  । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुमार सिंह योङहाङ, उपाध्यक्षहरूमा क्रमशः तेज बहादुर थेबे, तुल्सी मिभक लिम्बू, सुमि गुरुङ, किरण विक्रम यवा र हर्क खजुम, महासचिव: छत्र कुरुङ्बाङ (ए), उपमहासचिव तथा प्रवक्ता, भविन्द्र तुम्वापो ताङ्साहाङ, उपमहासचिव मिभक लिम्बू, सचिवहरू अमिर लावती, मञ्जु सावा लिम्बू र रुद्र लिम्बू रहेका छन् । मञ्चको अर्थ सचिव युवराज बेघा लिम्बू रहेका छन् भने सह-अर्थसचिवहरुमा डिक लाल लिङदम, बेगेन्द्र लिङ्दम( बेदम) र पर्शुराम चौधरी रहेका छन् ।

समितिका केन्द्रीय सदस्यहरूमा ललित चेम्जोङ, तनुजा तामाङ, टीका राम सेरेङ चोङ्बाङ, रण बहादुर लिम्बू, अर्जुन लक्सम्बा, मन कुमार लिवाङ, तेज कुमार म्याङ्लुङ( मनिष), पूर्ण कुमार थेगिम,  भावना राई, मोहन केदेम,  छत्र कुरुङ्बाङ (बि), गौतम स्वामी आङदेम्बे, मीन बहादुर तुम्सा,  मिथुन प्रसाद सिगु, आशिष् बेघा, बेदन लिम्बू, बुलन राई, सुशीला बेघा, रिता आङदेम्बे, नसिब मिभक, लाल सिंह लिम्बू, चन्द्र शेर्मा लिम्बू, डम्बर राज सुहाङ, उद्भव धर्नाल, दुर्गा तुम्बाहाङम्फे, खगेन राई, रमेश सुब्बा, देउ बहादुर लिम्बू र पदम लिम्बू  रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise