२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

बाढीका कारण सुनसरीमा एक हजार बढी प्रभावित

shivam cement
२०८२ असोज २१ गते १६:२३
Shares
बाढीका कारण सुनसरीमा एक हजार बढी प्रभावित

सुनसरीः गत शनिबार र आइतबारको वर्षासँगै आएको बाढीले जिल्लामा एक हजार बढी घर प्रभावित भएका छन् ।

बाढीले सुनसरी सदरमुकाम इनरुवासहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगञ्जमा एक हजार ३७० घर प्रभावित भएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए। 

जिल्लाका विभिन्न खोला तथा नदीमा आएको बाढीले पाँच हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उनले बताए। प्रभावित घरमा पानी प्रवेश गर्नुकासाथै आंशिक रुपमा क्षति पुगेको प्रहरी उपरीक्षक थेबेले बताए । सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरेको जनाएको छ । 

सदरमुकाम इनरुवामा २०० परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोला र पूर्वमा गडन खोलाको बाढीले इनरुवा नगरपालिकाको ३, ४, ९ बबिया र १० जल्पापुरसहित दर्जनौँ बस्ती डुबानमा परेको छ । रासस 

ताजा खबर

सम्बन्धित खबर