काठमाडौंः कालीमाटी फलफूल बजार नजिक एक महिलाको शव फेला परेको छ । टेकु दोभान क्षेत्रमाकाे कालीमाटी फलफूल बजार नजिक आज बिहान एक महिलाको शव फेला परेको हो ।
स्थानीयका अनुसार खोला दोभानबाट महिला मृत अवस्थामा भेटिएकी हुन्। स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।