२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

बझाङमा पहिलोपटक जिल्लाव्यापी खुला बुद्धिचाल प्रतियोगिता सम्पन्न

shivam cement
सत्यराज सिंह
२०८२ असोज २१ गते २१:१३
बझाङमा पहिलोपटक जिल्लाव्यापी खुला बुद्धिचाल प्रतियोगिता सम्पन्न

बझाङ : बझाङ जिल्लामा पहिलोपटक जिल्लाव्यापी खुला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बझाङ जिल्ला बुद्धिचाल संघको आयोजनामा देवीथान मेलाको अवसर पारेर सदरमुकाम चैनपुरमा सम्पन्न  प्रतियोगिता लिग प्रणालीमा सम्पन्न भएको हो ।

प्रतियोगितामा कुल २२ जना खेलाडीले सहभागिता जनाएका थिए । कडा प्रतिस्पर्धापछि शितल विष्ट प्रथम, सुर्जन सिंह द्वितीय र गौरव रोकाया तृतीय बनेका छन् । चौथो स्थान रोशन रोकायाले हात पारे भने कृष्ण चित्रकार पाँचौं स्थानमा रहे । 

विजेताहरूले प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार ९ सय ९९, तेस्रो पुरस्कार १० हजार, चौथो पुरस्कार ५ हजार र पाँचौ पुरस्कार ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमको उद्घाटन बझाङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष राकेश सिंहको अध्यक्षतामा भएको थियो भने जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल प्रमुख अतिथि रहेका थिए । अध्यक्ष सिंहले बुद्धिचाललाई मानसिक खेल भन्दै जिल्लाका युवामा बौद्धिक चेतना र एकाग्रता विकास गर्न यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।  

उनले भने, ‘बुद्धिचालले सोच्ने र निर्णय गर्ने क्षमता अभिवृद्धि गर्छ, हामी यो खेललाई गाउँगाउँमा पुर्‍याउने प्रयासमा छौं ।’ सदरमुकाम चैनपुरमा पहिलोपटक आयोजना गरिएको यो प्रतियोगिताले बझाङका युवाबीच बुद्धिचाल खेलप्रतिको रुची बढाउने अपेक्षा आयोजकहरूले गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise