२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

बाढीपहिरोबाट घरबास गुमाएकाकाे अस्थायी आवास निर्माणका लागि सरकारले अनुदान दिने

shivam cement
२०८२ असोज २१ गते १४:४०
Shares
बाढीपहिरोबाट घरबास गुमाएकाकाे अस्थायी आवास निर्माणका लागि सरकारले अनुदान दिने

काठमाडौंः सरकारले बाढीपहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं  बैठकले असोज १७–१९ गतेको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको हो ।

तीनै तहका सरकारकाे समन्वयमा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर