२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले दले लेखा अधिकृतमाथि कालोमोसो 

shivam cement
मध्यान्ह
२०८२ असोज २१ गते १३:२७
काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले दले लेखा अधिकृतमाथि कालोमोसो 

काठमाडौंः भौतिक पूर्वाधार विकास कार्यालय रौतहटका लेखा अधिकृतमाथि कालोमोसो दलिएको छ । लामो समयदेखि कानुन विपरितको भुक्तानी गर्न लेखा प्रमुख गौतममाथि दबाब बनाएका बिक्की पाण्डेकाे समूहले सोमबार आक्रोसित हुँदै कालोमोसो दलेकाे हाे । 

प्रत्यक्षदर्शीका अनुसार सोमबार एक होटलमा बसेका लेखा अधिकृत गौतमलाई भेट्ने भन्दै नेकपा माओवादी निकट मानिने पाण्डे समूह होटल पसेकाे थियाे । उनीहरुले अधिकृत गौतमसहित केही व्यक्ति बसेको होटलको क्याविनमा एक्कासि छिरेर कालोमोसो दलेको बताइएको छ ।

सुरुमा हातपात गर्ने योजनामा रहेको सो समूह साेही होटलमा रहेको अर्का प्रत्यक्षदर्शीले बताए । स्रोतका अनुसार पाण्डेको समूहले केही समय अघि भौतिक पूर्वाधार विकास कार्यालयबाट सेवा लिँदा प्रक्रिया नमिलेको र पछि प्रक्रिया मिलाउने भन्दै अर्कै व्यक्तिले अधिकृत गौतमको नाममा घुस लिएको पाइएको थियो । 

आफूसँग कुनै सम्बन्ध नरहेको व्यक्तिले घुस लिएको आरोप आफूमाथि लगाइएको अधिकृत गौतमको भनाइ छ । ‘यो विषयसँग मेरो कुनै लेनादेना नै छैन, पुर्वाग्रह राखेर मेरो नाम मुँछिएको छ’,अधिकृत गौतमले भने । 

विवादित पृष्ठभूमिका पाण्डे

अधिकृत गौतममाथि कालोमोसो दलिने बिक्की पाण्डे समूह विवादित पृष्ठभूमिको रहेको पाइएको छ । स्रोतका अनुसार केही समय अघि उनले एकजना नाबालिक युवतिसँग विवाह गरेर उनीमाथि पटक–पटक घरेलु हिंसा समेत गरेका थिए । 

त्यस्तै पछिल्लो समय पनि उनी विभिन्न कार्यालयको काम लिने माफिया गिरीमा उत्रेको बताइएको छ । काम लिने, काम नगर्ने र अनावश्यक विवाद समेत खडा गरी भुक्तानी लिने गरेको पाइएको हो । जेनजी प्रदर्शनको आँडमा पनि सरकारी कार्यालय र नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य देवी प्रसाद तिम्लिसनाको घरमा समेत आगजानी गरेको पाइएको छ । पाण्डेले सोही घरमा रहेको सरकारी कार्यालय र सरकारी गाडीहरुमा समेत आगजनी गरेका थिए । उनीविरुद्ध रौतहटका विभिन्न स्थानमा जाहेरी, मुद्दा र निवेदन रहेको पनि पाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise