२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

मुख्यमन्त्री पाण्डेको निवासमा आगो लगाउने व्यक्ति पक्राउ

shivam cement
२०८२ असोज २१ गते १५:०२
Shares
मुख्यमन्त्री पाण्डेको निवासमा आगो लगाउने व्यक्ति पक्राउ

गण्डकीः गत असोज १२ गते राती गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आगजनीपछि फरार भएको सूचनाका आधारमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भइ हाल पोखरा–७ राष्ट्र बैंक चोक बस्ने २२ वर्षीय संयोग थापालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अनुसन्धानका क्रममा निजले नेपाल राष्ट्र बैंकको पर्खाल छेउमा रहेको एनआइएमबी बैंकको ‘एटिएम मेसिन’को ‘स्क्रिन’मा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।  

ताजा खबर

सम्बन्धित खबर