२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

बैतडीको पाटन नगरपालिकाले १३ करार कर्मचारीको म्याद थप नगर्ने

ADV
ललित बोहरा
२०८१ असोज १५ गते ०७:३०
बैतडीको पाटन नगरपालिकाले १३ करार कर्मचारीको म्याद थप नगर्ने

बैतडी : बैतडीको पाटन नगरपालिकाले १३ करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । असोज १० गतेबाट निरन्तर तीन दिन बसेको नगर कार्यपालिकाको बैठकले दरबन्दी बाहेक र कार्यसम्पादन नराम्रो भएका कर्मचारीहरुको करार म्याद थप नगर्ने निर्णय गरेको हो ।

जसमा प्राविधिक शाखामा कार्यरत इन्जिनियर गोविन्द प्रसाद पन्त, सवइन्जिनियर दिनेश कुमार ऐर, सावरी चालक दिनेस चन्द, र कार्यालय सहयोगी पुष्पराज गिरी रहेका छन् ।

यस्तै वडातर्फ काम गर्ने पाटन नगरपालिका–४ मा कार्यरत सामाजिक परिचालक जन्तरी बिस्ट, वडा नम्बर ६ मा कार्यरत यज्ञराज पन्त, वडा नम्बर १० मा कार्यरत विमला कुवँर रहेको छन् भने ७  नम्बरमा कार्यरत कार्यालय सहायक हरिकुमार विक,  सामाजीक परिचालक रामदत्त भट्ट र पशु प्रविधिक महेश कुमार चन्दको म्याद कात्तिकबाट थप नगर्ने निर्णय भएको नगरपालिका स्रोतले बताएको छ ।

स्थानीय तहको कुनै ऐन, नियम तथा कार्यविधिमा सामाजीक परिचालक भन्ने पद नै छैन् । दरबन्दी बाहेकका कर्मचारीमा उनीहरु परेका छन् भने दरबन्दीभन्दा बढी अनमीमा तीन जना परेका छन् । उनीहरुको पनि म्याद थप नगरेको स्रोतले बताएको छ ।

वडा नम्बर १० स्वास्थ्य चौकीमा कार्यरत इश्वरी जोशी पन्त, वडा नम्बर ५ को स्वास्थ्य चौकीमा कार्यरत शान्ति कठायत बोहरा, वडा नम्बर ३ मा कार्यरत लक्ष्मी लुहार दरबन्दी भन्दा बढी भएकाले म्याद थप नगर्ने निर्णय नगरपालिका स्रोतले बताएको छ ।  कार्यपालिकाले बार्षीक बजेट निमार्णको अन्तीम चरणमा पुगेको जनाएको छ ।

बजेट बाँटफाँटका विषयमा सहमति भइसकेको प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशीले बताए । उनले करारका कर्मचारीको म्याद थप नगर्ने विषयमा पछि कुरा गर्ने बताए ।

'कर्मचारीको म्याद थप नगर्ने विषयमा पछि कुरा गरौंला,' उनले भने, 'बजेट असार १० मै आएको रहेछ बाँटफाँट गर्ने सहमति भएको छ । अरु ठाउँमा पनि त्यस्तै छ नगर सभा नराख्ने भन्ने भएको तर पनि नगर प्रमुखज्यूसँग कुरा गर्नु राम्रो होला ।'

पाटन नगरपालिकाको कार्यपालिकाले गरेका निर्णय नगर सभाले अनुमोदन गर्नुपर्ने हुन्छ । पाटनमा असार १० पछि नगर सभा बसेको छैन ।

वडालाई २५ लाखको बजेट सिलिङ दिइएको छ । १० वटै वडाले बजेट अब ल्याउने जनाएको छ । पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा करिब ४ महिना कार्यपालिका बैंठक नै बसेको थिएन । 

ADVADV

सम्बन्धित खबर

Advertise