२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

क्रोएसिया जान लागेका १५ बंगलादेशी काठमाडौंमा पक्राउ 

ADV
२०८१ असोज १६ गते ०६:३०
क्रोएसिया जान लागेका १५ बंगलादेशी काठमाडौंमा पक्राउ 

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने प्रयासमा रहेका १५ बंगलादेशी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरेको बताएको छ । 

बंगलादेशीहरू एजेन्टमार्फत भारतबाट भिसा लिएर क्रोएसिया जाने गरेको तथ्य खुलेको प्रहरीले बताएको छ । प्रहरीको बयानमा उनीहरुले नेपालको बाटो भएर यूएई हुँदै क्रोएसिया जान नेपाल आएको बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरु ओभरस्टेलगायत आरोपमा पक्राउ परेका हुन् । पछिल्लो पटक बंगलादेशमा शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशीलाई भारत प्रवेशमा कडाइ गरिएका कारणले उनीहरूले सजिलो बाटो खोज्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएका हुन् । यसका लागि उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न एजेन्टलाई ठूलो रकम खर्च गरेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise