२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

चन्दननाथ नगरपालिकामा विपद्‍मा खटिने स्वयंसेवक ब्यूरो गठन

ADV
दिलमाया शाही
२०८१ असोज १६ गते २१:३५
चन्दननाथ नगरपालिकामा विपद्‍मा खटिने स्वयंसेवक ब्यूरो गठन

जुम्ला : चन्दननाथ नगरपालिकाले विपद्मा खटिने स्वयंसेवक ब्यूरो गठन गरेको छ । नगरपालिका क्षेत्र भूकम्प, पहिरो, आगलागी, चट्याङ, बाढी, पहिरो लगायतका विपद्ले वर्षेनी ठूलो जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि  स्वयंसेवक गठन गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको शहरी  पूर्वतयारी, तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनाले नगरको विपद् व्यवस्थापनमा  चाहिने दक्ष जनशक्तिको रुपमा स्वयंसेवक गठन गरिएको नेपाल रेडक्रस जुम्लाका  जिल्ला परियोजना  अधिकृत   ईश्वरा सुवेदीले बताइन् । 

उनले भनिन्,‘स्थानीय सरकारलाई पर्याप्त जनचेतनाका साथै वित्तीय तथा भौतिक स्रोतको कमी रहेको अवस्थामा पनि विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय स्वयंसेवकहरू भूमिका अपरिहार्य  हुने  छ ।’  उनका अनुसार नगरपालिकाले विभिन्न विभाग विभाजन गरेर ४० जना स्वंयसेवक गठन गरेको छ । चन्दननाथ नगरपालिकाले गठन गरेको ब्यूरोमा प्राथमिक उपचार, स्वास्थ्य सरसफाई कार्यदल, खोज तथा उद्दार कार्यदल, क्षति आँकलन तथा आवश्यकता पहिचान कार्यदल, पूर्वसूचना प्रणाली कार्यदल, राहत व्यवस्थापन तथा पुनस्र्थापन कार्यदल र लैंगिक समानता तथा संरक्षण कार्यदल गठन गरी वडा नम्बर १ देखि १० का ४० जना यूवा युवतीहरु स्वयंसेवक रहेका छन् ।

कार्यदललाई क्षमता विकास तालिम दिएर नगरमा कुनै विपद् तथा सामाजिक सेवाका लागि खटाइने भएको छ । कार्यदल सञ्चालन गर्नका लागि नगरपालिकाले नगर स्वयंसेवक ब्यूरो कार्यविधि तयार भएको र सोही अनुसार काममा खटाइने भएको छ । 

यसैगरी नगरपालिकाले विपद् प्रतिकार्य योजना समेत तयार पारेको छ ।

नगरपालिकाले गठन गरेको स्वयंसेवक ब्यूरोको उद्देश्य र कामको विषयमा भने नेपाल रेडक्रस जुम्लाले प्राविधिक विषयमा सहयोग गरेको छ । 

नगर ब्यूरो स्वयंसेवक परिचालनका विषयमा तयार पारिएको कार्यविधिका विषयमा प्रस्तुतीकरण तथा ब्यूरो स्वंसेवक कार्यदललाई कार्य अधिकारका विषयमा सहजीकरण गरिएको छ । 

स्वयंसेवकले प्राथमिक उपचार, क्षतिको मूल्यांकन, क्षतिको सूचना उपलब्ध, विपतमा समस्यामा परेकालाई मनोपरामर्श सेवा समेत दिने भएको छ ।

स्वंसेवकले आफुले खटिएको क्षेत्रमा प्रतिबद्ध भइ सामुहिक कार्यमा लाग्नुपर्ने, स्वस्र्फुत मानवीय सहायताका लागि खटिनुपर्नेछ ।

स्वयंसेवकका मार्गदर्शक मानवता, प्रतिबद्धता, स्वामित्व,समावेशिता, ऐक्यबद्धता, निष्पक्षता, तथष्टता रहेका छन् । रेडक्रस जुम्लाले स्वयंसेवकलाई झोला र ज्याकेट समेत हस्तान्तरण गरेको छ ।

स्वीस रेडक्रसको सहयोगमा चन्दननाथ नगरपालिकाको आर्थिक साझेदारीमा नेपाल रेडक्रस जुम्लाले सहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवर्द्धन परियोजना अन्तर्गत चन्दननाथ नगरपालिकामा काम शुरु गरेको बताइएको छ ।

त्यस्तै चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्काले नगरपालिकामा आपतकालिन हुने कुनैपनि समस्याको स्वयंसेवामा मानवीय सहयोग पुग्ने बताइन् ।  उनले  रेडक्रस र स्थानीय सरकार मिलेर यो कामलाई प्राथमिकता आवश्यक रहेको बताइन्  । नेपाल रेडक्रस सोसाइटी जुम्लाका प्रमुख सभापति लोकदर्शन श्रेष्ठले विपद् तथा उद्दारमा सबैभन्दा महत्वपूर्ण समयको ख्याल गर्न आवश्यक रहेको बताए  । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise