काठमाडौं : इंग्ल्याण्ड र वेल्समा हुने द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी सन्दीप लामिछाने पनि ड्राफ्टमा परेका छन् । नेपालबाट सो प्रतियोगिताको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी सन्दीपको प्राइस एक लाख पाउण्ड अर्थात एक लाख २४ हजार अमेरीकी डलर तोकिएको छ ।
पछिल्लो पटक एकपछि अर्को रुपमा विदेशी फ्रेन्चाइजी लिगमा ब्यस्त सन्दीप यो प्रतियोगितामा अरु स्टार खेलाडी रहेको दोस्रो सूचीमा परेका छन् । जुन सूचीमा रहेका खेलाडीले एक लाख पाउण्ड हात पार्नेछन् ।
यो सूचीमा सन्दीपसँगै भारतीय खेलाडी हरभजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्सवेल, रासिद खान, सकिव अल हसन, तमिम इक्बाल, साहिद अफ्रिदी, ड्वायन ब्राभो, सुनील नरायन, कायरन पोलार्ड रहेका छन् ।
यस्तै पहिलो नम्वरको सूचीमा रहेका खेलाडीले एक लाख २५ हजार पाउण्ड पाउनेछन्, त्यसमा स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्विन्टन डी कक, लुंगी नेगिडी, कागियो राबाडा, लसिथ मालिंगा र क्रिस गेल छन् ।
तेस्रो ड्राफ्टको तेस्रो सूचीमा रहेका खेलाडीमा डेल स्टेन, बाबर अजाम, मार्कुस स्टोनीस, मोहम्मद हफिज, निकोलस पुरन, मार्टिन गुप्टिल, फाहिम असरफ, साहिन अफ्रिदी रहेका छन् । यो सूचीमा रहेका खेलाडीले ७५ हजार पाउण्ड पाउनेछन् । चौथो लेभलको सूचीमा रहेका खेलाडीले ५० हजार पाउण्ड पाउनेछन भने पाँचौकामा रहेकाले ३० हजार पाउण्ड हात पार्नेछन् ।
इंग्ल्याण्ड क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगिताका लागि एक सय ६५ ओभरसिस खेलाडीले नाम दर्ता गराएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies