जुम्ला : जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले अपराध न्यूनीकरणमा समुदायको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
भर्खरै जुम्लाको ४५ औं प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका शाहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
जुम्लाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण तथा दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन नागरिकको सहयोग बिना सम्भव नहुने उनले बताए । उनले आफ्नो कार्यकालमा सुशासन कायम गरी जवाफदेहिताका साथ पारदर्शी ढंगले काम काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकारले उठाएका सवाल र सुझावलाई सम्बोधन गर्दै गाउँबस्तीसम्म पुगेर लागुऔषध जस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि सचेतनाका कार्यक्रम गर्ने बताए । आउँदै गरेको दशैैंलाई मध्येनजर गर्दै नागरिकको शान्ति सुरक्षालाई मजबँुद बनाउन कुनै पनि कसुर बाँकी नराख्ने बताए ।
प्रजिअ शाहीले चार्डपर्वलाई लक्षित गरी सुरक्षा योजना बनाएको बताए ।
त्यस्तै जुम्लाका पत्रकारहरुले जुम्लामा बढ्दो क्रममा रहेको लागुऔषध, बालश्रम, महिला तथा बालवालिका सवाल, कालोबजारी, नक्कली प्रहरी लगायतका विषयमा प्रश्न राखेका थिए ।