२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

मुगुको खत्याड गाउँपालिकाले राख्यो १० जना गाउँ प्रहरी

ADV
दिलमाया शाही
२०८१ असोज २२ गते १४:४५
मुगुको खत्याड गाउँपालिकाले राख्यो १० जना गाउँ प्रहरी

जुम्ला : मुगुको खत्याड गाउँपालिकाले १० जना गाउँ प्रहरी राखेको छ । सशस्त्र प्रहरी बल नं ३३ त्रिपुरा गण जुम्लाले नगर प्रहरी आधारभूत तालिम सम्पन्न गरेर १० जना गाउँ प्रहरीको अन्तिम दीक्षान्त समारोह कार्याक्रम सम्पन्न गरेको छ ।

त्रिपुणागण जुम्लाले अन्तिम दीक्षान्त समारोह गर्दै गाउँ प्रहरीलाई पासआउट गरेको सशस्त्र प्रहरी उपरीक्षक लालबहादुर शाहीले बताए । उनका अनुसार खत्याडका अध्यक्ष अजबहादुर शाही, उपाध्यक्ष सरिता रोकाया, जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही र देवीदत्त गणका गणपती धिरज थापाले उनीहरुलाई दर्ज्यानी चिह्न् प्रदान गरे ।

खत्याड गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत वासुदेव कार्कीबाट गाउँ प्रहरीलाई शपथ ग्रहण गराइएको छ । तालिमसहित अन्तिम दीक्षान्तबाट गाउँ प्रहरी हुनेहरुमा हवल्दार गजत बहादुर डांगर, जवानहरू दान बहादुर शाही, कविता भण्डारी, टिका प्रसाद जैसी, धनेन्द्र बिमल शाही, एकराज थापा, नगर बहादुर डांगार, बिर सिंह थापा र झुपुल्ली बानिया रहेका छन् । एकमहिने आधारभूत तालिमबाट ८ जना पुरुष र २ जना महिला गाउँ प्रहरी बनेका हुन् ।

दीक्षान्त समारोहमा बोल्दै खत्याड गाउँपालिकाका अध्यक्ष शाहीले खत्याडको विकास र समृद्धिमा गाउँ प्रहरीको मुख्य भूमिका रहने बताए । गाउँ प्रहरी पालिकाको शान्ति सुरक्षा तथा सामाजिक कुरितीविरुद्धको अभियानमा लाग्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले स्थानीय तह अधिकार प्रयोग गर्दै गाउँ प्रहरी राखेर पालिकाको समृद्धिका लागि महत्वपूर्ण कार्य गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले  एक महिने तालिममा सिकेको कुराहरु कार्यान्वयन गर्न र नियम कानूनको पालना गर्न गाउँ प्रहरीहरुलाई अनुरोध गरे  ।

नगरमा अपराध रोक्ने र शान्ति कायम गर्ने, जनता र प्रहरीबीचको सम्बन्ध विकास तथा स्थानीय समुदायसँग सहकार्य गर्दै सुरक्षाका मुद्दामा जनतालाई सचेत बनाउने, कानूनी मुद्दामा नागरिकलाई मार्गदर्शन दिने, आपतकालमा तत्पर रहने र सहायता प्रदान गर्ने, पार्क, बजार र अन्य सार्वजनिक स्थानहरूमा सुरक्षा सुनिश्चित गर्नेलगायतका कार्य गाउँ प्रहरीको मुख्य काम हो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise