काठमाडौं÷मस– ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले आज ¥यापर ‘भिटेन’ समीर लामा, घिसिङलाई पक्राउ गरेको छ । चन्द्रनिगाहापुर घर भई हाल ललितपुर बस्ने भिटेनलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको पाइएको छ । घिसिङविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताए ।
कसुर पुष्टि भए एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दुई दिन अघि मात्रै उच्छृंखल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेस थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो । गृह मन्त्रालयले उच्छृंखल र समाजलाई भड्काउने खालका गीत गाए तथा उत्पादन गरे कारवाही गर्ने विज्ञप्तिमार्फत सूचना जारी गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies