२०८१ कार्तिक ७ गते बुधवार / Oct 23 , 2024 , Wednesday
२०८१ कार्तिक ७ गते बुधवार

दुवै मिर्गौला फेल भएका लहानका मौजे साहको जीवन रक्षाका लागि सहयोगको अपील 

ADV
प्रदिप सिंह
२०८१ असोज २९ गते २२:३०
दुवै मिर्गौला फेल भएका लहानका मौजे साहको जीवन रक्षाका लागि सहयोगको अपील 

लहान : दुवै मिर्गौला फेल भएका सिराहा जिल्लाको लहान नगरपालिका वडा नं. २४, गोबिन्दपुरका ३८ वर्षीय मौजे साहको लागि सहयोगको अपिल गरिएको छ । गम्भीर अवस्थाका साहलाई जीवित रहनका लागि मिर्गौला प्रत्यारोपण अत्यावश्यक भएको तर उपचारमा आर्थिक अभाव भएपछी सहयोगको अपील गरिएको हो । 

हाल उनी काठमाडौँको नेशनल किड्नी सेन्टर, गौशालामा नियमित रूपमा हप्ताको २-३ पटक डायलाइसिस गराइरहेका छन् । साहको जीवन बचाउन मिर्गौला प्रत्यारोपणको प्रक्रिया अगाडि बढिसकेको छ, र उनको आफन्तले मिर्गौला दान गर्न सहमति पनि जनाइसकेका छन् । तर, प्रत्यारोपणका लागि आवश्यक ठूलो आर्थिक भारका कारण उनको परिवार संकटमा परेको छ । साहको दयनीय आर्थिक अवस्था रहेकोले उपचारमा लाग्ने खर्च जुटाउन देशभरका सहयोगी मनहरूलाई अपील गरिएको छ ।

मौजे साहको जीवन बचाउन सबैले आ-आफ्नो क्षमताअनुसार सहयोग गर्न सक्नेछन्। सानो सहयोगले पनि उनको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । आर्थिक सहयोग गर्न चाहनेहरूले नेपाल बैंक लिमिटेडको खाता नम्बर वा Esewa ID मार्फत सहयोग पठाउन सक्नेछन् ।

सहयोगका लागि मौजे साहको खाता विवरण:
बैंक: नेपाल बैंक लिमिटेड
खाता नम्बर: 01901007786481000001
नाम: मौजे साह
Esewa ID: 9822399744
नाम: मौजे साह

सहयोग गरेपछि बैंक भौचर वा रसिद, र आफ्नो फोटो 9819917007 मा WhatsApp मार्फत पठाउन अनुरोध गरिएको छ । सहयोगीहरूको सम्मानमा फेसबुकमा धन्यवाद पोस्ट गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो अनुरोध गरिएको हो ।


 

ADVADV

सम्बन्धित खबर

Advertise