२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शितगंगाको विकासका लागि सक्दो सहयोग गर्ने अध्यक्ष बोहोराको प्रतिबद्धता

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार २ गते २०:५२
शितगंगाको विकासका लागि सक्दो सहयोग गर्ने अध्यक्ष बोहोराको प्रतिबद्धता

अर्घाखाँची : भारतीय जनता पार्टी सिद्धार्थ नगर जिल्लाका अध्यक्ष सुदन्सु बोहोराले शितगंगा नगरपालिका र सिद्धार्थ नगर जिल्ला बीचको सम्बन्धलाई प्रगाढ बनाएर अगाडि बढ्ने बताएका छन् । 

अर्घाखाँचीको सुपादेउराली मन्दिरको दर्शन गर्न आएका बोहोरालाई शितगंगा नगरपालिका अर्घाखाँचीले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले नेपाल सुन्दर देश रहेको र त्यसमा पनि अर्घाखाँचीको शितगंगा अति सुन्दर लागेको बताए । उनले शितगंगाको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । 

बोहराले शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल, उपप्रमुख गिता भाट, प्रमुख प्रशासकीय अधिकृत अर्जन शर्मालाई भारत सिद्धार्थ जिल्लामा भ्रमणको लागि औपचारिक निम्तो दिए । बोहराले शितगंगा नगरपालिकाको सिफारिस लिएर भारतमा उपचार गर्न जाने बिरामीहरुलाई ४० प्रतिशत छुटको व्यवस्था मिलाउने घोषणा समेत गरे । 

कार्यक्रममा श्रोतगण नगरपालिकाका नगरप्रमुख रवि अग्रहवालले शितगंगा नगरपालिका र श्रोतगण नगरपालिकाबीच मितेरी साइनो कायम गरी विकास निर्माणका कामहरुमा अनुभव साटासाट गर्ने र श्रोतगण नगरपालिकाले शितगंगालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले नेपालको सुपादेउरालीको दर्शन गर्न धेरै भारतीय नागरिक आउन चाहेको भएपनि नेपालको कानूनी जटिलताले गर्दा सोचे जति धार्मिक पर्यटक आउन नसकेको बताए । 

स्वागत कार्यक्रममा  शितगंगाका नगरप्रमुख पौडेलले शितगंगा नगरपालिका श्रोतगण  नगरपालिकासँग सहकार्य गरेर विकास निर्माणका कामहरु गर्न प्रतिबद्ध रहेकोले आफुहरुले छिटै नै त्यस नगरपालिकाको भ्रमण गर्ने बताए । 

पौडेलले भारतीय धार्मिक तथा अन्य पर्यटकहरुलाई अर्घाखाँचीमा भ्रमण गर्न आग्रह गर्दै नेपाल र भारत बीचको सम्बन्ध अझैँ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । भारती अधिकारीहरुलाई उपप्रमुख गिता भाट, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, जनप्रतिनिधि, कर्मचारीले स्वागत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । 

भेटघाटका क्रममा शितगंगा नगरपालिकाको विकास निर्माण, पर्यटन प्रवद्र्धन, मितेरी साइनो कायम लगायतका विषयमा छलफल भएको योजना अधिकृत नुमलाल खनालले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise