२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सशुल्क पार्किङ रोक्न माग

ADV
सपना बोहरा
२०८१ असार २ गते २१:०६
सशुल्क पार्किङ रोक्न माग

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले पार्किङ व्यवस्थापन गर्ने भन्दै शुल्क लिने निर्णय गरेकोप्रति विरोध जनाइएको छ । 

जेठ ३२ गते घोराहीमा बसेको सरोकारवालाको बैठकमा पार्किङ अव्यवस्थित भएको भन्दै मोटरसाइकलको पार्किङ शुल्कबापत ५ रुपैयाँ लिने निर्णय गरेको थियो । 

बैठकले प्रतिष्ठानको अस्पतालको मुख्य प्रवेशद्वारदेखि इमरजेन्सी अगाडिको पिपलबोट अगाडिसम्मको हाल भइरहेको पार्किङलाई प्रतिष्ठानले लिजमा दिइएको जग्गामा मंगलबारदेखि लागु हुने गरी शुल्क लिने जानकारी गराएको थियो ।

यसैबीच  नेबिसंघ दाङले सःशुल्क पार्किङ तुरुन्तै रोक्न माग गर्दै ध्यानाकर्षण गराएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको भाडामा दिइएको जग्गामा पार्किङ बाफतको शुल्क नलिन आग्रह गर्दै नेबिसंघ दाङले  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, घोराही उपमहानगरका मेयर नरुलाल चौधरी र जिल्ला प्रशासन कार्यालय दाङकी सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापालाई ध्यानाकर्षण गराएको छ ।

४ गतेदेखि लागु हुने भनिएको सःशुल्क पार्किङ तुरुन्तै रोक्न र उपयुक्त स्थानमा निःशुल्क पार्किङको व्यवस्थापन गर्न नेबिसंघले सरोकारवालाहरुमा अनुरोध गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise