२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नगर प्रहरी छनोट प्रक्रिया निष्पक्ष नभएको आरोप

ADV
दिलमाया शाही
२०८१ असार २ गते २१:३२
नगर प्रहरी छनोट प्रक्रिया निष्पक्ष नभएको आरोप

जुम्ला : चन्दननाथ नगरपालिकाले नगर प्रहरी भर्ना छनोट गर्न निष्पक्ष नगरेको आरोप लागेको छ । चन्दननाथ नगरपालिका वडा नं.२ का अध्यक्ष हेम बुढ्थापाले आइतबार ध्यानाकर्षण पत्रसहित पत्रकार सम्मेलन गरी उक्त आरोप लगाएका हुन् । 

नगरपालिकाको छनोट समितिले शुक्रबार नगर प्रहरी छनोटको अन्तिम नामावली प्रकाशन गरेपछि उक्त छनोट प्रक्रिया निष्पक्ष नभएको अध्यक्ष बुढ्थापाले बताए । पत्रकार सम्मेलनमार्फत वडा अध्यक्ष बुढ्थापाले चन्दननाथ नगरपालिकाले गत मंसिर ९ गते १५ सिट नगर प्रहरीका लागि सूचना आह्वान गरेको बताए । 

त्यस्तै नगर प्रहरीको लागि शारीरिक परीक्षणको जिम्मा सशस्त्र प्रहरीलाई नगरपालिकाले दिइएको थियो । नगरपालिकाले त्यो बाहेकका सबै प्रक्रिया आफैँ नगरेको सशस्त्र प्रहरी बल जुम्लाका एसपी लाल बहादुर शाहीले बताए ।  

विभिन्न चरण पार गरिसकेपछि अन्तरवार्ता समेत पुग्दा विभिन्न जालझेल, षड्यन्त्र गरी सफल भएका उम्मेदवारलाई हटाइ एकलौटी रुपमा आफ्नो मान्छे राख्ने ध्येयका साथ अन्तिम नतिजा प्रकाशित गरेको वडाध्यक्ष बुढ्थापाले आरोप लगाए । 

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘चन्दननाथ नगरपालिकामा गठित पदपूर्ति समितिले नगरप्रहरीको विज्ञापनमा गरेको एकलौटी निर्णयले अन्तिम नतिजाको निष्पक्ष, पारदर्शिता नभएको प्रश्न खडा गरेको छ । छानविन समिति गठनको जोडदार माग गर्दछु ।’

छानविन गठन नगरेको खण्डमा चन्दननाथ नगरपालिका वडा नं.२ को सम्पूर्ण काम कारबाही तथा नगरपालिकाको अनुगमन समितिको सदस्यबाट हुने अनुगमनका कुनै पनि काममा सहभागी नहुने बताएको छ । उनले भने,‘अरु सबै प्रक्रियामा मेरो विरोध होइन्,अन्य चरणमा भन्दा अन्तरवार्ता निष्पक्ष नभएकोप्रति दुई वडाको ध्यानाकर्षण भएको छ ।’

त्यस्तै  यस विषयमा बुझ्न खोज्दा चन्दननाथ नगरपालिका  मेयर राजु सिंह कठायत, उपमेयर रामदेवी खड्का र नगरपालिकाका प्रवक्ता नवराज देवकोटासहितले फोन उठाएनन् ।

नगरको शान्ति सुरक्षालाई मजबुँद बनाउनका लागि भन्दै लिएको नगर प्रहरीको नतिजाले नै चन्दननाथ नगरपालिकामा  यतिबेला अशान्ति फैलाएको उनले बताए । नगरपालिकाले अन्तरवार्तामा २३ जना सहभागी भएकोमा १५ जना सिफारिस भएको बताएको छ ।

त्यस्तै नगर प्रहरीको लागि आवेदन दिइ  विभिन्न चरण पार गरेका विवेक बुढ्थापाले नगरपालिकाले निष्पक्ष, र पारदर्शिता नभएको बताए । उनले भने, ‘शारीरिक परीक्षणमा एक नम्वर आएको र लिखित पास भएको छु ।’ उनले अन्तरवार्तामा पपन सबै मिलाएको दाबी गरे । उनले नगरले गरेको आफुमाथिको अन्यायको लागि  मुद्दा प्रक्रियामा जाने बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise