२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तातोपानीमा बाल संरक्षणका क्षेत्रमा काम गर्दै सहयात्रा परियोजना

ADV
दिलमाया शाही
२०८१ असार २ गते २१:५३
तातोपानीमा बाल संरक्षणका क्षेत्रमा काम गर्दै सहयात्रा परियोजना

जुम्ला : तातोपानीमा  पाँच वर्षसम्मका लागि बाल संरक्षण, जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य क्षेत्रमा  सहयात्रा परियोजनाले काम गर्ने भएको छ । जुम्लाको तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना सञ्चालन भएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग किर्डाक नेपालको साझेदारी  र तातोपानी गाउँपालिकाको समन्वयमा उक्त परियोजना संचालन भएको गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद  चौलागाईंले बताए । उनका अनुसार  तातोपानीले शिक्षा क्षेत्रमा शुरुदेखि नै प्राथमिकता छ । यस पटक सहयात्रा परियोजनाले यहाँ बालबालिकाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा राखिएको छ।  

त्यस्तै तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै शिक्षा स्वास्थ्यमा विपन्न समुदायको पहुँच विस्तारका लागि  यो परियोजना लागु भएको बताए । 

त्यस्तै यस परियोजनाले शिक्षा, विपन्न बालवालिकाको जिवन सुधार तथा जलवायू अनुकुलन,सुशासन लगायतका क्षेत्रमा काम गर्ने भएको  सेभ द चिल्ड्रेनको परियोजना प्रमुख कृष्ण शाहीले बताए । 

उनका अनुसार पाँच वर्षे अवधिको उक्त परियोजनाले तातोपानीको शिक्षा,स्वास्थ्य,जलवायु परिवर्तन लगायतका क्षेत्रमा अनुमानित २० करोड बढी लगानी गर्ने भएको छ । पहिलो वर्ष २०२४ का लागि करिब चार करोड (तीन करोड ९८ लाख) लगानीमा सहयात्रा तेस्रो परियोजना सञ्चालन हुने सेभ द चिल्ड्रेनले बताएको छ । त्यस्तै तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले सरकार एक्लैले मात्रै सबै क्षेत्रको विकास सम्भव नरहेकोले दातृ निकायको सहयोग आबश्यक रहेको बताइन्  ।

ADVADV

सम्बन्धित खबर

Advertise