२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

कम्युनिष्ट र समृद्धिको चाहना

draupadi film
२०८१ असार ३ गते ०६:२५
कम्युनिष्ट र समृद्धिको चाहना

–मेघराज भट्टराई

हिजो आज अधिकांश नेपाली युवाहरूमा यो देश बिगारेको कम्युनिष्ट विचार दर्शनले हो, अब यसको काम छैन भन्ने जवरजस्त ह्वीम फैलाइएको छ । त्यो सत्यमा आधारित विचार होइन । यदि त्यसो हो भने राजा महेन्द्रको हत्या कसले गरायो ? यो देशका नदी नाला कलकारखाना कसले बेच्यो ? मदन भण्डारी जीवराज आश्रितहरूको हत्या कसले गरायो ? जमीम शाहलाई मिर्जा दिलसाद वेगलाई किन कसले मार्‍यो ? राजा वीरेन्द्रको वंशनाश कसले गरायो ? यो देशको यो दुर्दशा माक्र्सवादले होइन, भारतीय दलालहरूले गराएका हुन् । तत्कालीन राजा महेन्द्रले नेपाललाई समाजवादी गोरेटोमा हिँडाउन शुरु गरेका थिए । त्यसको अन्त्य कसले गर्‍यो ? वीरेन्द्रको वंश नास नेपाली सेनाको घेराभित्र भएको थिएन ? यहाँका कथित कम्युनिष्टहरूले विदेशीको जुठोपुरो खाने र उसैको भलो हुने काम गरेका होइनन् ? 

नेपालमा आज पनि वास्तविक कम्युनिष्ट विचार, नीति र सिद्धान्तअनुसार कुनै काम भएको छैन । कम्युनिष्ट भन्नेहरूले जनतालाई भ्रमित पारिरहेका छन् । नव कम्युनिष्टहरूले जनतालाई थप गिजोलिरहेका छन् । सँगै नीति र व्यवहार फरक हुँदा कम्युनिष्ट हुनु र नहुनुमा फरक छैन ।

यो देशमा राष्ट्रसेवक कर्मचारी भनिनेहरू यो देशका सूचना बेच्छन्, यो देशका साधन स्रोत भारतलाई बुझाउन लागि पर्छन् । युरोपियन युनियनका कारिन्दा, सीआईएका र रअका कारिन्दाकै कारण यो देशले आफ्नो अस्तित्वको लडाईं लड्नु परेको छ । कम्युनिष्ट दर्शनले राष्ट्र, राष्ट्रियता प्राकृतिक साधन श्रोतको रक्षा र प्रयोग, सम्पदा संस्कृतिको रक्षा पनि कम्युनिष्टले नै गर्ने गर्छन् । तर, यहाँ कम्युनिष्ट को हो र गैर कम्युनिष्ट को हो चिन्न गाह्रो बनेको छ । 

आज दुर्गम गाउँको कुरा छोडौँ तराईका गाउँ बस्ती खाली हुँदै छन् । गाउँमा मलामी छैनन्, खेतीपाती गर्ने पुरुष किसान छैनन् । भौतिक पूर्वाधारका लागि चाहिने दक्ष जनशक्ति छैनन्, कार्पेन्टर छैनन् । यो सब माक्र्सवादी दर्शनले गरेको होइन । यो सब यहाँको राज्य शक्तिका सञ्चालक विदेशिएका छाउराले गरेका हुन् । कामदारको ज्याला दैनिक न्यूनतम एक हजार पाँच रुपैयाँ गराऊँ । कर्मचारीको न्यूनतम ज्याला ४५ हजार मासिक गराउने हो भने को विदेश जान्छ ? पैसा तिरेर पनि लाइन बस्नुपर्ने विवशताको अन्त्य गरौँ । अस्पताल यस्तो ठाउँ हो की रोगी अशक्त विद्वान्हरूको लागि उपचार गर्ने ठाउँमा टिकट काट्न लाइन, डाक्टरलाई भेट्न लाइन, बिल काट्न लाइन, रिपोर्ट लिन लाइन, फेरि डाक्टरलाई रिपोर्ट देखाउन लाइन अनि औषधि किन्न लाइन । यो समस्या विकराल छ । 

निरोगी मान्छे नै ढल्ने स्थिति हुन्छ झन् यी बद्ध रोगीहरूको के हाल होला ? मालपोत, विद्युत, खानेपानी विभाग, कर कार्यालय, टेलिकम कार्यालय, बैंक सबै ठाउँको हाल यही हो । मात्रा फरक होला । 

जबसम्म हामीले जनतालाई केन्द्रमा राखेर सेवा र सुविधा दिँदैनौ तबसम्म हाम्रा कुराहरू फोस्रा हुनेछन् । हाम्रा नीतिहरू अर्थहीन हुनेछन् । नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टीहरूले नीति र व्यवहारलाई फरक पार्दा समस्या भइरहेको छ । आफ्नै नीतिलाई तिलाञ्जलि दिँदा मुलुकले समृद्धि प्राप्त गर्न सकेको छैन । 

ADV

सम्बन्धित खबर

Advertise