जुम्ला : सिंजा गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।
त्यस्तै गाउँपालिकाले हरेका वर्षमा आयोजना गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चित गर्नका लागि सार्वजनिक सुनुवाइ गर्ने गरेको सिंजा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर शाहीले बताए ।
उनका अनुसार गाउँपालिकाको आयोजनामा र आधुनिक महिला जागरण प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रमको गरिएको हो ।
उनले भने,‘आव २०८०/८१ मा अनुमानित आय ३९ करोड ९९ लाख २३ हजार ४ सय ४७ थियो भने कुल आम्दानी ३७ करोड १८ लाख ९२ हजार ६ सय ८८ मात्र रहेको थियो ।’
त्यस्तै कुल खर्च ३३ करोड ८७ लाख ९३ हजार ४३ थियो भने,सशर्त अनुदानतर्फ फिर्ता रकम १ करोड ३२ लाख ३ हजार ७ सय ६९ रुपैयाँ थियो । त्यस्तै चालु आव २०८१/०८२ मा १ करोड ९८ लाख ९५ बजार ८ सय ७६ रुपैयाँ विनियोजन भएको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले वार्षिक योजना तथा कार्यक्रमको बारेमा जानकारी दिए ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य नन्दराम बुढाले पारदर्शी गाउँपालिकाका सबै कामहरु हुनुपर्ने बताए । उनले सार्वजनिक सुनुवाइ गर्नु महत्वपूर्ण रहेको बताए ।
त्यस्तै सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले सेवाग्राहीका गुनासालाई स्वागत गर्दै गाउँपालिकाले आगामी दिनमा सेवा प्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता गरे । उनले आगामी दिनमा नागरिक असन्तुष्टिहरुको सम्बोधन गर्ने र पालिकाको सेवालाई प्रभावकारी बनाउने बताए ।
त्यस्तै सिंजा गाउँपालिकाका अध्यक्ष धितालले आफूहरु सकेसम्म गाउँपालिकाको स्रोत र साधनको समुचित प्रयोग गरी विभिन्न योजना अगाडि सारेर काम गरिरहेको बताए ।
उनले आफुहरुका काममा आशिंक सन्तुष्टि र आशिंक असन्तुष्टि रहेको छ । उनले जनप्रतिनिधि र कर्मचारीहरुलाई गुनासोहरुको सम्बोधन गरी कार्य सम्पादन गर्न निर्देशन दिए ।
सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायले गाउँपालिकाले धेरै काम गर्ने सोच बनाएपनि आन्तरिक स्रोत कमजोर हुँदा कतिपय योजनाहरु अगाडि बढाउन नसकेको बताइन् । उनले नगारिक सेवाप्रवाहलाई गुनासोरहित बनाउने कोसिसमा गर्दै आएको बताइन् । गाउँपालिकाका सबै शाखाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा तथा नागरिकको प्रतिवेदनको आधारमा पालिकोको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।