२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

नेपालगञ्जमा नेपाल संवत्को भिन्तुना र्‍याली

ADV
मध्यान्ह
२०८१ कार्तिक १८ गते ०९:५७
नेपालगञ्जमा नेपाल संवत्को भिन्तुना र्‍याली

नेपालगञ्ज : नेपाल र नेपालीहरुको मौलिक संवत् नेपाल संवत् ११४५ शनिबार म्हँः पूजा तथा गोवर्द्धन पूजाको दिन शुभारम्भको अवसरमा नेपालगञ्जमा शुभकामना अर्थात् भिन्तुना र्‍याली भव्यरुपमा सम्पन्न भएको छ । 

No description available.

बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशी र कार्यक्रम संयोजक युवा व्यवसायी विष्णु प्रसाद श्रेष्ठको अगुवाइमा स्थानीय गणेशमान चोकबाट शुरु भएको मोटरसाइकल र्‍याली नेपालगञ्जका विभिन्न टोहरुको परिक्रमा गर्दै राँझा विमानस्थल स्थित भीमसेन मन्दीर परिसरमा पुगेर समापन भएको हो ।

नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सांसद मीना श्रेष्ठले नेपाल संवत् नेपाल र नेपालीको मौलिक संवत् भएकोले सबैले यसको अपनत्व लिनुपर्ने बताउँदै नेपालगञ्जमा नेवारी भाषा, साहित्य संस्कृतिको जगेर्ना गर्न तथा राष्ट्रिय विभूति शंखधर साख्वःको शालिक राख्नका लागि पहल गरिएमा प्रदेश सरकारबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

No description available.

सो अवसरमा बोल्दै नेवाः पुचःका पार्षद् एवम् वरिष्ठ पत्रकार पूर्णलाल चुकेले राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गरेर नेपाललाई ऋण मुक्त देशको रुपमा घोषणा गरिएको र पशुपतिनाथ मन्दिरमा शुद्र जातिलाई प्रवेश गराउने जस्तो क्रान्तिकारी कदम चालेको हुँदा भक्तपुरका तत्कालीन राजा आनन्द देव (वि.सं.९३०) र ललितपुर र काठमाडौंमा राजा राघवदेवको शासनकालमा प्रचलनमा ल्याइएको ‘नेपाल संवत् भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शम्शेरको पालासम्म सरकारी कार्यालयमा समेत नेपाल संवत्को प्रचलन रहेको इतिहासमा उल्लेख भएको बताए । त्यसैले नेपाल र नेपालीहरुको मौलिक र राष्ट्रिय संवत् नै नेपाल संवत् भएको उनको भनाइ थियो ।

नेवा देय दवू नेपालगञ्ज नगर कमिटीका अध्यक्ष दिपेन्द्र कुमार जोशीद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगर, नेवा देय दवू बाँकेका अध्यक्ष बद्री प्रसाद श्रेष्ठ, नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, कारकाँदो गुठीका अध्यक्ष जीत बहादुर श्रेष्ठ, कोहलपुर गुठी, राँझा गुठीका अध्यक्ष लगायत सहभागी नेवाः अगुवाहरुले नेपाल संवत् नेवार समुदायको मात्र नभएकोले सबै जातजातिका नेपालीहरुले अपनत्व लिनुपर्ने बताएका थिए । 

नेपाल संवत्को शुभारम्भको अवसरमा ‘न्हू दँ या भिन्तुना’ भन्दै नेपालभर र विदेशमा समेत ‘भिन्तुना र्‍याली’ निकाल्ने गरिन्छ । नेपाल संवत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवत्को कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवत्को प्रथम दिन पर्दछ । तिथिको हिसाबले नेपाल संवत् र ‘म्ह पूजा’ एक दिन अर्थात् कार्तिक प्रतिपदाको दिन पर्दछ । 

वि.सं.२०४७ सालमा नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि २०५६ साल मंसीर २ गते तत्कालीन सरकारले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई नेपालको ‘राष्ट्रिय विभूति’ को सम्मान दिने घोषणा गरेको थियो । यस सम्व्तलाई नेपाल सरकारले राष्ट्रिय संवत्को रुपमा घोषणा गर्दै आधिकारिक मान्यता दिएको र सरकारी पत्राचारमा प्रयोग गर्दै आएको छ । 

राँझामा पुगेका र्‍यालीमा सहभागीहरुलाई नेवारी परम्परा अनुसार सगुन दिंदै समयबजी प्रदान गरिएको थियो । 

No description available.

यसअघि नेपाल संवत् शुभारम्भको शुभकामना अर्थात् भिन्तुना र्‍यालीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका मन्त्री आदेश अग्रवालले नेपालगञ्जभित्र राष्ट्रिय विभूति शंखधर साख्वःको शालिक राख्नका लागि पहल गरिएमा प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने आश्वासन दिए ।

सो अवसरमा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभाका सांसद मीना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद पौडेल, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री ऋषिराज देवकोटा, नेवाः देयः दबू बाँकेका निवर्तमान अधइक्ष तथा नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ पत्रकार शरण कर्माचार्य, वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठलगायतले नेपाल संवत्को ऐतिहासिक महत्वका बारेमा प्रकाश पार्दै यसका प्रवर्तक राष्ट्रिय शंखधर साख्वःको योगदानका बारेमा प्रकाश पारेका थिए ।

No description available.

ADVADV

सम्बन्धित खबर

Advertise