२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गाउँपालिकालाई हरियाली बनाउँदै रुरु क्षेत्र

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार ३ गते २०:३५
गाउँपालिकालाई हरियाली बनाउँदै रुरु क्षेत्र

अर्घाखाँची : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्र वरपिपल रोप्ने अभियान चलाएको छ । टोल विकास संस्थामार्फत गाउँपालिकाले ४ सय भन्दा बढी ठाउँहरुमा वरपिपल रोपेर पर्यावरण जोगाउँदै शितलता प्रदान गर्ने अभियान शुरु गरेको हो । 

रुरु गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा १ हजार ८ धार्मिक वृक्ष र १ सय ८ रिचार्ज पोखरी खन्ने ५ वर्षे योजना सार्वजनिक गरेकोले अहिले त्यहि अभियान अन्तर्गत  कार्यक्रम कार्यान्वयन गर्न पालिकाले बिरुवा रोप्ने काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए । उनका अनुसार आकासे पानी नपर्दा बिरुवा रोप्ने काम प्रभावित भएको छ । 

गत वर्ष असार, साउनमा पालिकाभित्रका सरोकारवाला संघसंस्थाहरुसँगको सहकार्यमा गाउँपालिकाभित्र रहेका महत्वपूर्ण आस्था बोकेका धार्मिक स्थलहरुको कम्पाउण्ड वरिपरि बिरुवा रोप्ने अभियान शुरु गरिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा वडा नम्बर  एक मा एक सय ८  बिरुवा, वडा नं. २ देखि ८ वडासम्म  ५० वटाका दरले वर पिपल रोपेर अभियानमा सहभागी हुनका लागि सार्वजनिक सूचना जारी गरिएको र बिरुवा रोप्नेलाई पालिकाले २ हजार रुपैयाँ प्रतिविरुवा उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । धार्मिक हिसाबले रूरू क्षेत्र गाउँपालिका गुल्मी जिल्लाकै ऐतिहासिक महत्वपूर्ण पालिकाको रुपमा चर्चित छ । यो पालिकामा धेरै धार्मिक ऐतिहासिक ठाउँहरु पर्ने कारणले पनि यहाँ धार्मिक पर्यटकहरुको उपस्थिति उल्लेखनीय हुने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । 

रुरु गाउँपालिकाले पालिका मात्रै नभइ जिल्लामै पर्यावरण जोगाउन पनि महत्वपूर्ण वर पिपल स्वामी लगायतका धार्मिक बिरुवा लगाउने अभियानमा स्थानीयबासीले निकै साथ सहयोग गरिरहेका छन् ।

धेरै ठाउँहरुमा सडक निर्माण गर्ने भवन बनाउने बहानामा  महत्वपूर्ण धार्मिक आस्था बोकेका  वर र पिपलका बोट मासिँदै गएका बेला रुरु क्षेत्रले तीनको संरक्षण गरी उदाहरणीय काम शुरु गरेको स्थानीय चिरञ्जीवी ज्ञवालीले बताए । अहिले लामो समयसम्म पानी नपरेका कारण बिरुवा रोप्न समस्या परेको छ, भने बाटोमा हिँड्ने नागरिकहरुलाई सितलता प्रदान गर्ने जंगलमा बाँदर लगायत चराचुरुङ्गीको आहाराको रुपमा रहेका बिरुवा रोप्न र पालिकामा जानकारी दिन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise