२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

तराईमा छठको रौनक

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक २० गते २१:२३
Shares
तराईमा छठको रौनक

रौतहट : तराईमा छठ पर्वको रौनक छाएको छ । कडा धार्मिक नियम, आस्था र विश्वासका साथ मनाइने चार दिवसीय यो पर्व मंगलबार शुरु भएको हो । हिन्दू धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैतमा निष्ठापूर्वक मनाइन्छ । कार्तिक शुक्ल चतुर्दशीका दिन शुरु हुने सूर्य उपासनाको यस चाडलाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्व पनि भनिन्छ ।

ncell

छठको पहिलो दिनलाई स्थानीय भाषामा नहाय खाय (नुहाएर चोखो खाने) भन्ने भनिन्छ । छठ व्रत बस्ने महिलाहरुले चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाने गर्छन् । दोस्रो दिन आज व्रतालुहरुले खरना मनाउने भएका छन् । जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चुलोमा खीर र रोटी पकाई भगवानलाई चढाएर त्यही प्रसाद खाने गर्छन् । त्यसपछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु हुनेछ । यस अवधिमा व्रतालुहरु पानी समेत नखाई सूर्य भक्तिमा लाग्छन् ।

महापर्व छठ अन्तर्गत बिहीबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिएपछि चार दिनको यो लोकआस्थाको पर्व विधिवत रुपमा सकिनेछ ।छठका कारण रौतहटका प्रमुख तथा ग्रामीण बजारहरुमा समेत चहलपहल बढेको देखिन्छ । चन्द्रनिगाहापुर, गरुडा, कटहरिया, शिवनगर तथा सदरमुकाम गौरका कपडा, खाद्यान्न तथा फलफूलका पसलहरुमा ग्राहकको भीड देखिन्छ ।यसैगरी परिवारजनका सदस्यहरु पनि घर फर्किने क्रम शुरु भएको छ ।

ताजा खबर

सम्बन्धित खबर