२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

‘हिडन भ्याली’मा फसेका १५ जना पर्यटकको उद्धार

shivam cement
२०८२ कार्तिक १४ गते १७:२७
Shares
‘हिडन भ्याली’मा फसेका १५ जना पर्यटकको उद्धार

काठमाडौं :  म्याग्दीको धौलागिरी सर्किट गई फर्कने क्रममा मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका १५ जना पर्यटकको कात्तिक १४ गते नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

मुस्ताङ र म्याग्दीको सीमानामा पर्ने बतासे डाँडा नजिकैबाट उनीहरुको उद्धार गरिएको हो । ३ जना विदेशी र १२ जना नेपाली गरी जम्मा १५ जना पर्यटक धौलागिरी सर्किट गई फर्कने क्रममा कात्तिक ११ गते उनीहरु ‘हिडन भ्याली’मा अलपत्र परेको भन्ने ट्राभल्स एजेन्सीद्वारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात कात्तिक १२ गते उनीहरुको उद्धारका लागि सुरक्षा निकाय त्यसतर्फ गएको थियो । 

मुस्ताङको सदरमुकाम जोमसोमबाट पैदल हिडेर जानुपर्ने भएको हुँदा उनीहरुको उद्धारमा केही समय लागेको बताइएको छ । उद्धार गरी उनीहरुलाई मुस्ताङको सदरमुकाम जोमसोमतर्फ ल्याइँदै छ । उनीहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर