२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

राराको काकाकुल बस्तीमा खानेपानी पुर्‍याउने योजनाको काम शुरु

ADV
दिलमाया शाही
२०८१ कार्तिक २१ गते २०:४५
राराको काकाकुल बस्तीमा खानेपानी पुर्‍याउने योजनाको काम शुरु

जुम्ला : जुम्लाको तिला गाउँपालिका–१ रारा गाउँका गाउँका नागरिकहरु वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी अहिलेसम्म खानेपानी अभाव भोग्न बाध्य छन् ।

केही समय पहिले अघि संघीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना शुरु गरिएपनि पनि उपभोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगरेका कारण योजना सफल हुन सकेन । 

संघीयतापछि आएको स्थानीय सरकारले ५० लाखमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो । पानी गाउँमा पुगेन । अहिलेसम्म रारागाउँ काकाकुल छ ।

त्यस्तै तिलागाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले उक्त खानेपानी योजनाको यही कात्तिक ६ गते शिलान्यास गरिएको बताइन् । उनले तत्काल काम शुरु गर्नका लागि पानीको मुहान भएको गुम्छा गोईला भन्ने ठाउँमा कामदारको टोली तत्काल जाने बताइन् । उनका अनुसार गत वर्ष शक्ति बहादुर बस्नेत खानेपानी तथा उर्जा मन्त्री हुँदा संघीय सरकारले ५० लाख बजेट हालेका थिए । उनले केही रकम पालिका र जल परियोजना सहयोग गरेको बताइन् ।

त्यसपछि काम हुन सकेन । उनका अनुसार नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङ र पालिकाकाका जनप्रतिनिधिको पहलमा राट्रिय योजना आयोगबाट १ कारोड ५० लाख बजेट आएपटि काम शुरु गरिएको छ । योजना २०८३ सम्म  सम्पन्न हुने हो । 

त्यस्तै तिला गाउँपालिकाका  प्रमुख प्रशसकीय अधिकृत टेक बहादुर बुढथापाले शिलान्यासको काम सकेर जिम्मेवारी पाएको टिम कामतर्फ लागेको बताए । उनले पहिलो चरणको खरिद सामग्रीको काम शुरु भएको बताए । उनले पालिकाको रारा खानेपानीको लागि बजेट माग गरेको थियो ।

पालिकाले मागेबोमोजिमको रकम गत साल आएन । उनका अनुसार नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङले पहल गरेपछि यस पटक राट्रिय योजना आयोगबाट १ कारोड ५० लाख रकम आएको हो । सांसद लामा तामाङको पहलमा यस पटक राष्ट्रिय योजना आयोगले विषेश योजना अन्तर्गत राखेर बजेटको व्यवस्था गरेको हो ।

त्यस्तै तिलाको रारा गाउँमा तीन वर्षभित्र सम्पन्न हुने खानेपानी अयोजनाको आर्थिक वर्ष २०८०/८१ मा पालिकाले ५ कारोड ९१ लाखको टेण्डरे आह्वान गरेको थियो । ठेक्का आह्वान गरेकोमा चार करोड ४ लाख ३६ हजार ७७ रुपैयामा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग तीन वर्षभित्र खानेपानी गाउँमा पुर्‍याउने गरी सम्झौता भएको प्राविधिक शाखाका प्रमुख धन प्रसाद चौलागाईंले बताए । जुम्लाको तिला गाउँपालिका–१ मा रहेको रारा गाउँ अहिलेसम्म खानेपानीको चरम समस्या वर्षौंदेखि हुँदै आएको छ । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङको पहलमा राट्रिय योजना आयोगले विषेश योजनामा राखिएको यो आयोजना पानी खाने पाउने पर्खाईंमा राराका नागारिक रहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङले रारागाउँका नागरिकको खानेपानीको समस्यालाई बुझेर सहयोग गर्ने सम्पन्न सबैलाई आभार व्यक्त गरिन् । उनले भनिन्,‘काम शुरु भएको छ । विकासमा कुनै राजनीतिक गर्न हुँदैन ।’ सबै लागेर यहाँको योजना सफल जान अनुरोध गरिन् । उनले भनिन्,‘यहाँका नागरिकलाई खानेपानी पुर्‍याउने हाम्रो पनि दायित्व हो ।’ पालिकाका अध्यक्ष मोतीलाल रोकाया उपाध्यक्ष गोरीकला बुढा लगायतको टिमले  पालिकाबाट योजना माग गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise