२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

७ लाख बढी लाभान्वित हुने गरी ठूला खानेपानी आयोजना सम्पन्न गर्छौं : मन्त्री राणा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २७ गते २०:१०
७ लाख बढी लाभान्वित हुने गरी ठूला खानेपानी आयोजना सम्पन्न गर्छौं : मन्त्री राणा

अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले लुम्बिनी प्रदेशका १२ जिल्लामा खानेपानी र शहरी विकास भवन सडक  क्षेत्रमा देखिएका सबै खाले समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘एक घर एक धारा’को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।

प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना गर्दै कपिलवस्तुमा ल्याव खोल्दै गरेको  बताउँदै मन्त्री राणाले खानेपानीको गुणस्तर परीक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याव स्थापना गर्न लागेकोले  चालू आर्थिक वर्षमा १ सय ६८ खानेपानी आयोजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य राखेको बताए । योजनाबद्ध विकास प्रदेश सरकारको पहिलो आधार भएको बताउँदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेको उनको तर्क छ ।

प्रदेश सरकारले हरेक नागरिक स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ कार्यक्रमहरू गरिरहेको उनले बताए ।

योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा खानेपानी, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार गरेर विकास र समृद्धिको अभियान सफल हुने भन्दै मन्त्री राणाले खानेपानी तथा शहरी विकास मन्त्रालयमा विकास गर्नका लागि बजेट प्रयाप्त नभएको बताए । 

उनले थप बजेटको व्यवस्था गरी आगामी वर्षमा  खानेपानीको समस्या सबै ठाउँमा आफ्नै कार्यकालमा  समाधानका लागि अधिकतम प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री राणाले भने,‘खानेपानी मन्त्रालयमा बजेट अभाव छ, त्यसैले काम गर्न केही कठिनाइ छन् तर आवश्यक बजेट व्यवस्थापन गरेर समस्यामा समाधानमा लाग्ने छु । मन्त्रालयलाई सफल बनाउन सबै कर्मचारी  जनप्रतिनिधि बीच समन्वय र सहकार्य आवश्यक छ । हामी सबै मिलेर  सफलता प्राप्त गर्न लागि परेकोले यस वर्ष खानेपानी क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ ।’

मन्त्री राणाले जनतालाई स्वच्छ खानेपानी पु¥याउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।

विद्यमान खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट प्राथमिकताका साथ योजना अघि सारेको मन्त्री राणाले दाबी गरे ।

जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजनाहरु अघि बढाइने मन्त्री राणाको भनाइ छ ।

सरकार स्थानीयबासिन्दाको समस्याप्रति सरकार संवेदनशील रहेको स्पष्ट पार्दै दिगो पूर्वाधार र दीर्घकालीन योजनाको खाँचो रहेको बताए । उनले अबको समय संकट समाधानमात्र होइन भन्दै दीर्घकालीन सुधारको लागि छिटो प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise