यामराज बिष्ट/मध्यान्ह
दैलेख : दैलेखमा एक युवाको शव फेला परेको छ । गत मंसिर १४ गतेबाट हराएका दुल्लु नगरपालिका–७ का उपेन्द्रमान श्रेष्ठको हराएको २४ औं दिनमा शव फेला परेको हो । दुल्लुबाट सुर्खेत हिँडेको ३६ वर्षीय श्रेष्ठको शव तल्लोडुंगेश्वर सियाकोट सडक खण्डको गुराँस गाउँपालिका–२ जकत्रे खोलामा सडकबाट अन्दाजी दुई सय मिटर तल शव फेला परेको दैलेख प्रहरीले जनाएको छ ।
प्रहरी र आफन्तले खोजविन गर्ने क्रममा आइतबार शव सडेको अवस्थामा फेला परेको दैलेख प्रहरी प्रमुख भुवेश्वर साहले मध्यान्हलाई बताए । श्रेष्ठको शव नजिकै कर्णाली प्रदेश ०२ प ६६५८ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।
घटना के कारणले भएको भन्ने एकीन भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेख ल्याइएको प्रहरी प्रमुख साहले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies