२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा प्रथम दीक्षान्त समारोह : ५ जनालाई स्वर्ण पदक, ३० जना विद्यार्थी दीक्षित

ADV
दिलमाया शाही
२०८१ कार्तिक २८ गते १७:०२
कर्णाली स्वास्थ्य प्रतिष्ठानमा प्रथम दीक्षान्त समारोह : ५ जनालाई स्वर्ण पदक, ३० जना विद्यार्थी दीक्षित

जुम्ला : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ । उक्त समारोहमा ५ वटा विधामा स्वर्ण पदक वितरण गरिएको छ भने ३० जना विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष डब्बल बहादुर धामीका अनुसार स्वर्ण पदक पाउने विद्यार्थीहरूमा बि.एम.एस.तर्फ रेणु कुमारी सिंह, सिर्जना न्यौपाने रहेका छन् भने बिपिएचतर्फका दिपेन्द्र जोशी र सुशील शाही तथा एम.डी./एम.एस. तर्फका बेद कुमार चौधरी रहेका छन् । 

५८ जना विद्यार्थीलाई दीक्षित गरिने भनिए पनि ३० जना विद्यार्थीमात्र  दिक्षित हुन आएका हुन् । शिक्षाध्यक्ष धामीले दीक्षान्त समारोहमा पाँच जना उत्कृष्ट विद्यार्थीलाई कूलपति स्वर्ण पदकले सम्मानित गरिएको बताए । उनका अनुसार स्वर्ण पदक पाउने यी विद्यार्थीहरूले उच्चतम अंक ल्याएका हुन् । 

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित विद्यार्थीलाई गुणस्तरी स्वास्थ्य सेवा दिन अनुरोध गरे । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताए ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिष्ठानका समस्याप्रति सरकार जिम्मेवार रहेको बताए । उनले प्रतिष्ठानबाट दीक्षित हुने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise