२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

विद्यालय समायोजनमा स्थानीय सरकार : निर्णय गर्न हतार, कार्यान्वयनमा लाचार

ADV
ललित बोहरा
२०८१ कार्तिक २८ गते २१:४४
विद्यालय समायोजनमा स्थानीय सरकार : निर्णय गर्न हतार, कार्यान्वयनमा लाचार

बैतडी : बैतडीका अधिकांश स्थानीय तहले विद्यालय शिक्षामा प्रभाव बढाउन चाहेका छन् । शिक्षाको गुणस्तर सुधार गर्न यहाँका स्थानीय तहले विद्यालय मर्जदेखि परीक्षामा कडाइ गर्नेसम्मका कार्यहरु गरेका छन् । शिक्षा क्षेत्रका निर्णयमा जिल्लाको केन्द्र बिन्दुमा रहेको पाटन नगरपालिकाका पहिलो नै छ । त्यसपछि सुर्नया गाउँपालिका, तर कार्यान्वलयमा जटिलता स्थानीय तहमा रहेका छन् ।  

पाटन नगरपालिकामा २०७९ सालमा आएका जननिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको केही महिनापछि नै शिक्षामा आमुल परिर्वतन गर्ने निर्णयसँगै विद्यालय मर्जदेखि बालविकास सहजकर्तादेखि शिक्षकसम्मको दरबन्दी मिलान सरुवा लगायतका विषयमा बृहत छलफल गरेर शिक्षा समितिले निर्णय गरेको थियो । 

२०७९ सालमै पाटन नगरपालिकामा रहेका विद्यालय मर्ज र नगर स्वंमसेवक शिक्षक बाल विकासलाई सरुवाको ड्राप्ट नै शिक्षक–शिक्षकको हातमा पुग्यो । तर राजनीतिक शक्ति भएका वडाध्यक्ष भएको विद्यालय मर्ज हुन सकेनन् भने वडा नम्बर ५ र ७ मा तीन विद्यालय सहजै मर्ज र तह घटाउनेमा परे । 

२०७९ साल ४ महिना ६ गते पाटनको नगर शिक्षा समितिको निर्णय कार्यान्वयमा बिलम्ब भयो । पछिल्लो समय विद्यालयलाई पाटन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २०८१ साल १ महिना १६ गते पत्र लेख्दै विद्यार्थी विवरण माग गरेको छ । नगर शिक्षा समितिको बैठक २०८१ साल १ महिना ११ गतेको निर्णय अनुसार तोकेको मापदण्ड बमोजिम विद्यार्थी संख्या नभएका विद्यालयलाई मर्जका लागि विद्यालयबाट २०८१ साल १ महिना ३० गतेसम्म विद्यार्थी संख्या माग गर्न निर्णय भएको पत्रमा उल्लेख गरेका छन् । नगर शिक्षा समितिका अधिकांश निर्णय हुबहु कार्यपालिकाले पारित गर्ने गरेका छ । त्यो पत्र विद्यालयलाई पुग्यो तर फेरि कार्यान्वयमा चासो कसैको देखिएन । 

त्यसपछि २०८१ साल ३ महिना ३ गते शिक्षा शाखाले सम्पूर्ण सामुदायिक विद्यालयलाई शिक्षक र विद्यार्थीको विवतरण यर्थाथ, सत्य, तथ्य यथाशिघ्र पठाउन तथा अनलाईनमा प्रविष्ट गर्ने पत्रमार्फत भनेको छ ।

दुई दिनको समय दिएको पत्रमा ३ महिना २९ गतेको नगरकार्यपालिको निर्णय अनुसार विद्यालय समायोजना सम्बन्धी आवश्यक कार्यका लागि ४ महिना १ गतेभित्र सबै विद्यालयका शिक्षक र विद्यार्थीहरुको यर्थाथ, सत्य, तथ्य यथाशिघ पठाउनुका साथै इएमआइएस प्रविष्ट गर्ने पत्रमा भनिएको छ ।

एकपछि अर्को नगरपालिकाले निर्णय गरेको छ । तर नगरपालिका बैठकमा सबै सहमत हुन्छ, वडा वा बैठकबाट बाहिर आएपछि  राजनीतिक स्वार्थमा जोडिएका देखिन्छन् । कार्यान्वयमा स्थानीय सरकार लाचार भएको छ । पछि आउने जटिलतालाई मध्येनजर नगरेरै गरिने निर्णय पालिका आफुले गरेका निर्णय आफु नमान्ने भएको छ । शिक्षा क्षेत्रका मात्र हैन अन्य क्षेत्रका समेत स्थानीय तहको कार्यपालिकाले निर्णय गरेर कार्यान्वय नगरेपछि सिंगो कार्यपालिकाको गरिमामा आँच आउने थालेको छ । 

पाटन नगरपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालयलाई अनुदान रकम नदिने पत्र 

बैतडीको पाटन नगरपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालयलाई नगर अनुदान नदिने निर्णय गरेको खुलेको छ । गत असोज १० गते बसेको नगरकार्यपालिकाको बैठकले विद्यार्थी संख्या मापदण्ड अनुसार नभएका विद्यालय नगर अनुदान नदिने निर्णय गरेको पत्र विद्यालयहरुलाई पठाएको छ । 

नगरकार्यपालिको निर्णय नम्बर ६ लाई कोट गर्दै असोजमा पठाउनुपर्ने पत्र कात्तिक ४ गते नगरपालिका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले विद्यार्थी संख्या मापदण्डको परिधिभित्र रहने गरी नगर शिक्षकलाई असोज मासन्तपछि अवकास नदिएमा व्ययभार विद्यालयले नै लिनुपर्ने भनेको छ । दुई नगर शिक्षा दिएकोमा कुन नगर शिक्षक हटाउने केही निर्णय भएको भए खुलाएको छैन् भने असोज मसान्तबाट लागु गर्नुपर्ने पत्र कात्तिक ४ गते विद्यालयलाई पठाएको छ । यो समयमा अधिकांश विद्यालय बन्द थिए । 

विद्यार्थी संख्या मापदण्डमा बाल विकासमा न्यूनतम २५ जना, कक्षा १ देखि ३० जना, कक्षा १ देखि ५ सम्म ६५ जना, कक्षा १ देखि ८ सम्म १ सय १० जना, कक्षा १ देखि १० सम्म १ सय ७० जना कक्षा १ देखि १२ सम्म २ सय १० जना राखेको छ । सो सख्या भन्दा काम भएका विद्यालयलाई नगर कोट घटाउने छ ।  नगरपालिकाले यो मापदण्ड नगर कार्यपालिकाबाट पारित गरेपनि कार्यान्वय गर्न सकेको छैन । 

यो पत्रले अधिकांश नगर शिक्षक र कम विद्यार्थी संख्या नभएका विद्यालय अलमलमा छन् । विद्यालयले नगरपालिकालाई ढिलो निर्णय गरेकाले कार्यान्वयमा समस्या भएको बताए । शैक्षिक शत्र शुरु भएको ६ महिनापछि निर्णय आएको छ, शिक्षक घटाउने की विद्यार्थी घटाउन अब विद्यालयहरुलाई समस्या आएको कृष्ण मावि पाटनका प्रधानाध्यापक वीरेन्द्र केसीले बताए । उनले भने, ‘समयमा निर्णय आएन विद्यालयलाई न उताको न उताको बनाइदियो, सुझाव पनि संकलन हुँदैन् सिधँै निर्णय गरेका छन् । एक÷एक गाउँ गरेर शिक्षकले विद्यार्थी संख्या पढाउन खोजर विद्यार्थी भर्ना गरेका छन् । 

बृहत छलफल भएरै नगरपालिको व्ययभार कम गर्न कार्यपालिकाले निणर्य गरेको कार्यपालिका सदस्य तथा वडाध्यक्ष फुनी बोहराले बताए । उनले भने, ‘मेरो वडामा विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज भएका छन् शिक्षक पाल्नु परेका छैन् । कम विद्यार्थी संख्याले तह घटाउने की ?, मर्ज गर्ने अनिर्वाय गर्नुपर्छ निर्णय मात्र गरेर हुँदैन् ।’

विद्यार्थी संख्या कम भएको विद्यालय र विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवारी, अभिभावकहरुलाई जिम्मेवार बनाउन यो निर्णय गरिएको सामाजिक विकास समिति संयोजक हरिष बिष्टले बताए । उनले निर्णय कार्यालय कडा रुपमा हुने बढी जनगुनोसो आएमा नगर सभामा पेश गर्ने विषयमा समेत छलफल भइरहेको बताए । 

‘विद्यार्थी नभएको ठाउँमा शिक्षक राखेर नगरपालिकाको व्ययभार बढी भएकाले कार्यपालिकाले सिंगो कार्यपालिकाले निर्णय गरेको हो’ उनले भने, ‘कार्यपालिकामा सबैलाई थाहा छ नेकपा माओवादीका पनि छन्, कांग्रेस, एमाले सबै पार्टीका छन् । यसरी राजनीति शिक्षामा गर्नु हुँदैन ।’ 

संयोजक बिष्टका अनुसार नगरपालिकाले बढीमा १२ जना नगर शिक्षक सेवाबाट बाहिरिने आँकलन गरिएको छ । संघको अनुदान पनि आएको छ । त्यसमा प्राथमिता दिन सकिन्छ ।

विद्यालय समायोजन, तह घटाउन र मर्ज नगरपालिको बाध्यता रहेको उपप्रमुख कमल सिंह बाहराले बताए । 

उनले भने, ‘पहिलो कुरा विद्यार्थी भएको स्कुलमा शिक्षक प्रयाप्त छैनन् जहाँ शिक्षक छन्, त्यहाँ विद्यार्थी छैनन् । संघीय सरकारले दरबन्दी विद्यार्थीको आधारमा मात्रै दिन्छ, यता विद्यालय खोलेकै आधारमा शिक्षक कोटा दिएर स्थानीय तहलाई भार भएको छ ।’

उपप्रमुख बोहराले थपे, ‘हाम्रो पालिकासँग आन्तरिक स्रोत धेरै छैन । संघीय प्रदेश समानीकरणको रकम शिक्षक तलबमा खर्च गर्न नमिल्ने हो । हामीले विगतमा यो गरेको कारणले वर्षौदेखि महालेखाले बेरुजु देखाएको छ । यसकारण विद्यार्थी भएको विद्यालयलाई बलियो बनाउने र शिक्षाको गुणस्तरका साथै पालिकालाई थप व्ययभार कम गर्न यो निर्णय भएको हो कार्यान्वयन हुन्छ ।’

पाटन नगरपालिकामा ६२ विद्यालय छन् । १ देखि ५ कक्षा पढाउने विद्यालयमा ७ जना विद्यार्थी छन् । जहाँ ३ जना शिक्षक छन् भने बढी हुने विद्यालयमा ४ सय विद्यार्थी छन् । जहाँ १६ जना शिक्षक छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise