२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

चुकी, अमान र ओम साइको आडमा शिवशक्तिको गोरख धन्दा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ असार ४ गते २१:४५
Shares
चुकी, अमान र ओम साइको आडमा शिवशक्तिको गोरख धन्दा

रौतहट : हिन्दु तथा मुस्लिमहरुको विभिन्न पर्वको नाममा रौतहटका स्थानीय तहले वितरण गर्दै आएको साडी वितरणमा यहाँका जनप्रतिनिधिहरुसँग मिलेर गौरमा रहेको शिवशक्ति इम्पोरियमले गोरख धन्दा सञ्चालन गर्दै आएको खुलासा भएको छ । 

ncell

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आ.व ०७९/०८० को लेखापरीक्षणको रिपोर्टले शिवशक्तिले रौतहट जिल्लाका अधिकांश स्थानीय तहमा गरेको सैद्धान्तिक भ्रष्टाचारको पोल खुलेको हो । 

गौरमा रहेको शिवशक्ति इम्पोरियमले आफैं बोक्सी र आफैँ झाँक्री बने झैँ विभिन्न तीन वटा थप आफ्नै व्यापारीक फर्मबाट कोटेशन पेश गरी दर रेटलाई क्रमिक रुपमा घटी र बढी बनाइ पेश गरी कोटेशनमा साडी लगायत सामान बिक्री गर्ने गरेको रहस्य बाहिरिएको हो । सार्वजनिक खरिद ऐनमा भएको व्यवस्था अनुसार एउटा व्यापारीक फर्मले एक बिक्रेतासँग वर्षमा एउटा कोटेशन बढीमा १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने प्रावधान रहेको छ, तर शिवशक्ति इम्पोरियमका सञ्चालकले झोलामा रहेको आफ्नै फर्म अमान ट्रेडर्स, चुकी इन्टरप्राइजेज र ओम साइ जनरल एण्ड अर्डर सप्लायर्सबाट सार्वजनिक खरिद ऐन विपरित एउटै स्थानीय तहमा १० लाख रुपैयाँ रकम बराबरको दुईदेखि तीन वटासम्म भुक्तानी लिएको महालेखाको प्रतिवेदनमा देखिएको छ । त्यस्तै केही स्थानीय तहमा सोही बिक्रेताले नियम विपरित करिब २० लाख बराबरको समेत भुक्तानी लिएको पाइएको छ ।

शिवशक्ति इम्पोरियमले आफ्ना झोले फर्महरुमार्फत स्थानीय तहमा सप्लाई गरेको सो परिमाणको साडी संख्यामा समेत ठूलै चुहावट रहेको स्रोतबाट बुझिएको छ । भारतबाट भन्सार छलि गरी ल्याइएको कम मूल्यका सुति साडीलाई यी फर्मको माध्यमबाट १५ सयदेखि २ हजार रुपैयाँसम्म बिल बनाइ स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, लेखा र स्टोरका कर्मचारीलाई मिलाई भुक्तानी लिइएको बुझिएको छ ।

त्यस्तै भ्याटको हिसाब मिलान गर्न शिवशक्तिले विभिन्न अलग–अलग व्यापारीहरुसँग फर्जी बिल समेत खरिद गर्ने गरेको बुझिन आएको हो ।

शिवशक्तिले विगतमा पनि यस्तै फर्जी बिल खरिद गर्ने कार्य गरी नेपाल सरकारको करोडौं रुपैयाँ राजस्व क्षति पुर्‍याएको भनी सो फर्म उपर राजस्व अनुसन्धान कार्यालयबाट ४ करोड ३६ लाख रुपैयाँ जरीवानासहितको मुद्दा अदालतमा दर्ता हुने प्रक्रियामा रहेको छ ।

यस सम्बन्धमा उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पंडित जायसवालले जनप्रतिनिधिको लहैलहैमा लागेर गल्ती गर्ने वा राज्यलाई नोक्सान पुर्‍याउने फर्म स्वयम् जिम्मेवार हुने र गलत कार्यको पक्षमा उद्योग वाणिज्य संघ कुनै किसिमको साथ नदिने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर